Siraha Times
ताजा समाचार

"जनताको साथमा कांग्रेस " अभियानको शुभारंभका साथमा रामचन्द्र यादव

  • भदौ १०, २०७९
  • १०४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ ९ । नेपाली कांग्रेसको केन्द्रिय परिपत्रनुसार " जनताको साथमा कांग्रेस "अभियानको शुभारम्भ समारोह नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिरहाका सभापति रामचन्द्र यादव ज्यूको सभापतित्वमा कार्यक्रमकाे आयोजना गरि भव्यरूपमा सम्पन्न गरिएको छ । नेपाली राजनीतिक इतिहासमा फेरबदल र उतार चढाव सामान्य तरिकाले भइरहेको अवस्थामा सरकारले घोषणा गरेको संघ , प्रदेशको आसन्न निर्वाचनका लागि सिराहा कांग्रेस तयारीमा जुटेको छ । आज गोलबजार नगरपालिकाको उद्योग बाणिज्य संघमा नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवकाे सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पार्टिका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री महेन्द्र राय यादब अथितीहरु तपेश्वार महतो , ओम यादव ,अमित ठकुरी, सरोज महतो ,सूर्यनारायण यादव लगायत प्रदेश र जिल्ला तहका नेताहरुको उपस्थितिमा आयोजित कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिका बीच कार्यक्रम सम्पन्न भएको छ । स्थानिय निर्वाचनको समयमा पार्टीले भोगेको सास्तीमाथि व्यापक छलफल गर्दै आपसी विवादको समाधान गर्दै आउने चुनावमा कांग्रेसलाई विजय बनाउनको लागि वडा तहदेखि कांग्रेस पार्टीको कमिटी बनाउँदै लैजानुपर्ने धारणा धनगढीमाई १४ का वडा अध्यक्ष अमित ठकुरीले राख्नु भएको छ ।

धनगढीमाई नगरपालिका वडा नं ४ का वडा अध्यक्ष ओम यादबले अबको निर्वाचनमा नेपाली कांग्रेसको लहर गाँउ गाउँबाट उठने पक्का भएको अवस्थामा कांग्रेस पार्टीले जनतासँगको भेटघाट अभियानलाई निरन्तरता दिनु सकारात्मक पक्ष भएको बताउनु भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले नेपाली कांग्रेस नेतृत्वको सरकारले जनताको वास्तविक समस्याको समाधान खोज्न तत्पर रहेकोले सिरहाका सबै पालिकालाई कांग्रेसमय बनाउन आवस्यक रहेको अवस्थामा झिना मसिना कुरालाई पन्छाउँदै अगाडि बढ्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । भरिभराउ उद्योग बाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रममा जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको व्यवस्थापकीय पक्षमा व्यापक ध्यान दिँदै नेता तथा कार्यकर्तालाई सभा हलमा बसेकै ठाउँमा आफ्नो कुरा राख्ने वातावरण मिलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१