शिक्षकको झापट प्रहारले विद्यार्थीको कानको जाली ध्वस्त निकाय मौन

  • भदौ १०, २०७९
  • १४४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संवाददाता नवलपरासी भदाै १० । नवलपरासी जिल्लाको एक संस्थागत विद्यालयका शिक्षकद्वारा होमवर्क नबनाएको बाहानामा झापट प्रहार हुँदा विद्यार्थीको कानको जाली फुटी रगत बगिरहेको अवस्था रहेको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकाको वडा नं ४ को बैरिहवा पालिका नजिकै रहेको हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कुलमा पढाउने असलम सिद्धिकी नामको उक्त विद्यालयमा कार्यरत शिक्षकले कक्षा ५ मा अध्यनरत १२ वर्षीय बिधार्थी निखिल कोहारलाई लगातार कक्षा कोठामा चार झापट हानेपछि जाली फुटेको बुझिएको छ । गत साउन १९ गतेका दिन निखिलले कक्षा कोठामा गृहकार्य नगरेको र हल्ला गरेको बाहानामा शिक्षक अस्लम सिद्धिकीले कोहारलाई समातेर लगातार चार झापट हानेको उक्त कलासमा पढ्ने उनका सहपाठीहरुले बताएका हुन् । बच्चा स्कुलबाट घर धिलोसम्म न आएपछि उनका अविभावक आफै स्कुल पुग्दा आफ्नो बच्चा ज्वरोले कामिरहेको र कानबाट रगत बगिरहेको अवस्थामा बच्चालाई तत्काल एस के मेडिकल पुगाएर अौषधि गराएर घर ल्याएको उनका अभिभावकले बताए । बालकको कानमा लागेको चोटले पीडा असहय अर्थात् दुखाइ बढेपछि परासीको मेडिकलमा ल्याई पुर्याउँदा कानको जाली च्यात्तिएको डाक्टरले बताएका थिए ।

निखिलकाे कानको अप्रेसनको समय नजिकिदै गर्दा अभिभावकले पटक पटक स्कुलको प्रिनिसिपललाई सम्पर्क गर्दा समस्याको समाधानप्रती विद्यालय प्रशासन मौन बस्दा पीडित पक्षले बुटवलको श्री तिनाउ इन्टरनेशनल हस्पिटलमा कानको अप्रेसन गराएर घर फर्केर आउदा स्कुलको प्रसासनीक प्रमुखले घरमै भेटेर लागेको रकम ४२ हजार दिएको स्थानिय पत्रकार रामजी प्रजापतिले जनाएका छन् । यता विद्यार्थीको भविष्य माथि खेलवाड गर्ने विद्यालय प्रशासन र घटनामा संगल्न शिक्षकलाई कारवाहीको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) नवलपरासी ले एक विज्ञप्ति जारी गर्दै संयोजक सुवास शर्मा र इन्चार्ज संदेश सापकोटाले कानुनी कारवाहीको माग गरेका छन् । घटना गम्भीर भएकोले सत्य तथ्य पत्ता लगाएर कानुनी कारवाहीको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी नवलपरासीका तर्फबाट अध्यक्ष निरज पौडेलले समेत कारवाहीको माग गर्नु भएको छ । श्रोत रामजी प्रजापतिको मेसँनजर र फेसबूक पेजबाट ।

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१