Siraha Times
ताजा समाचार

युवानेता चन्द्रशेखर यादव चुनावी मैदानमा

  • भदौ १०, २०७९
  • १४८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १० भदौ । आज जनता समाजवादी पार्टी नेपाल सिरहा क्षेत्र नं १ 'ख'को विस्तारित उमे्दवारी चयन बैठकमा समाजवादी विद्यार्थी युनियन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्रशेखर यादवलाई चयन गरेको छ। आउदो यहि मंसिर ४ गते संसदीय तथा प्रदेश चुनावका लागि राजनीतिक दलहरूले उम्मेदवारी चयन प्रक्रिया अघि बढाएको छ । आजको कार्यक्रममा जसपा नेपाल र राजनीतिक समिति सदस्य विजय कुमार राय दनुवार लगायत लहानभित्रका स्थानीय वरिष्ठ नेता कार्यकर्ताको उपस्थितिमा नेता यादवलाई विस्तारित उम्मेदवार चयन गरिएको बताइएको छ। जनता समाजवादी पार्टी नेपाल नेतृत्वले पनि सबैको हकअधिकार सुनिश्चित हुने ,युवाहरुलाई अगाडि सार्ने प्रयास जारी नै रहेको युवानेता यादवले प्रतिबद्धता जनाएका छन । समाजवादी विद्यार्थी युनियन मधेश प्रदेश समितिकाे वरिष्ठ उपाध्यक्ष चन्द्रखेखर यादव युवाहरुको ढुकढुकी क्षेत्र नं १(ख) बाट आफ्नो उमेदवारी तथा नाम प्रस्तावित गर्नुभएकाेमा पार्टीभित्र खुशीको लहर दौडिएको छ । यस क्षेत्रका जनताहरूको सधै दुखशुखमा साथ् रहने एक मात्र योग्य, सामजसेवी, बौद्धिक व्यत्तित्व उमेद्धार चन्द्रशेखर यादव रहेको जनताहरूले दाबी गर्छन् । यो सँगै अबकाे सता सीधा जनताको हातमा हुने नेता यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१