गगान बस्तीको अनुहार फेरिँदै

  • भदौ ८, २०७९
  • ८०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ ८ । मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाई १४ को गागन बस्तीमा आशा पलाएको छ । विकासबाट टाढा रहेका सिराहा जिल्लाको गागन् बस्तीमा करिब २२ घर रहेको छ । सिराहा र उदयपुर जिल्लाको सिमानामा ठिङ उभिएका बस्तीमा हालसम्म बाटो छैन , खानेपानी छैन , स्वास्थ्य सेवाको अभाव बिजुली बत्तीको उज्यालोको अनुहार देख्न नपाएका यहाँका घरहरू हालसम्म बाबियो र खरले छाएको उजाड बस्ती अन्धकारमा रुमलिएका मात्रै नभएर गोरेटा घोडेटा अनि धुवै धुवाँले रंगिएको बस्तीमा विगतका लाल किल्लाका अगुवाहरूले निमुखा अनि निर्दोष जनतालाई आश्वासन र सपनाहरु देखाएर आफ्ना उद्देश्य त पूरा गरे तर उनीहरूको सास्तीमा कुनै परिवर्तन आएँनं । आम स्थानिय जनताको पीडामा यतिबेला मलहम लगाउन स्थानिय जनताको घर दैलोमा पुगिरहेका छन् वडा अध्यक्ष अमित ठकुरी । गागन बस्तीमा पूर्व मेयर र हालका मेयर नपुगेको र त्यहाँका समस्याको बारेमा बेखवर बनेका धनगढीमाई नगरपालिकाको प्रतिनिधित्व गर्दै अमित ठकुरी यतिबेला गागन बस्तीको अनुहार फेर्न कम्मर कसेर लागिपरेका छन् ।

स्थानिय जनताको दैनिकी संग जोडिएको बिजुली बत्तीको खम्बा उक्त ठाउँमा विद्युत प्राधिकरणको सहयोगमा गाड्न लगाएर जनताको घर दैलोमा बिजुली पुग्ने पक्का भएको देखेपछि स्थानिय जनता अमित ठकुरी नै विकासको सम्भाहक भएको बताइरहेका छन् । आफूहरुलाई अमित ठकुरी ज्यूले नियमित भेटघाट गर्न आइरहेको नियमित फोन सम्पर्ग गरेर आफूहरुको समस्या बुझिरहेको अनि हाम्रो दैनिकी संग जोडिएको सबै समस्याको बारेमा बारम्बार जानकारी लिइरहने अमित ठकुरी ज्यू जस्तो वडा अध्यक्ष पाएकोमा खुशी भएको स्थानियले बताएका छन् । वडा अध्यक्ष भए लगत्तै बिजुलीको पोल गाउँमा आएको खवरले स्थानिय खुशी हुँदै आफ्ना बालबालिकालाई स्थानिय सरे माविमा आवात जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्थामा तल्लो गागन देखि बस्नेत टोलको बाटो खोलिदिन आग्रह समेत गरेका छन् ।

राज्यको मूल प्रवाहबाट वञ्चित सिरहाको यस बस्तीमा विगतमा कुनै पनि विकासको अनुहार नदेखेका जनताहरूले तत्कालीन समयमा कम्निस्ट चौथो महाधिबेसन सम्पन्न गरी मदन भण्डारीलाई पार्टीको महासचिव बनाइएको ठाउँको एउटा भाग हुँदा पनि यो विकासको मूलधारबाट वञ्चित रहेको अवस्थामा अमित ठकुरी ज्यूले विकासको कल्पना गर्दै विकासको स्वर्णिम रेखा कोरेको देख्दा आम स्थानिय खुशी हुनुका साथै अब विकास यस ठाउँबाट शुरू हुनुपर्नेमा धनगढीमाई स्वतन्त्र युवा समाजका महासचिव प्रवेज अन्सारी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१