ताजा समाचार

सन नेपाल लाईफ इन्स्योरेन्स लहान शखाको प्रबन्धक महतो द्वारा पीडित महिलालाई १४ लाख भुक्तानी

  • भदौ ८, २०७९
  • ८३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ भदौ - सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका पीडित परिवारहरुलाई खोजी खोजी आर्थिक सहयोगको लागी मृत्यु दाबीभुक्तानी दिने गरेका छन्।वैदेशिक रोजगार जिवन बिमा अन्तर्गत वैदेशिक रोजगारमा मृत्यु भएका पीडित परिवारहरुलाई सहज रुपमा मृत्यु दाबी भुक्तानी दिने गरेका छन्। बिगत लामो समय देखि इन्स्योरेन्सको क्षेत्रमा अनुभव बटुलेका प्रबन्धक महतोले कस्तो सुकै परीस्थितिमा पीडितहरुलाई सहरूपमा काम गर्न थाले पछि महतो निकै चर्चामा आएका हुन्।प्रबन्धक महतो इन्स्योरेन्सको क्षेत्रमा निकै चर्चित ब्यक्तीको रूपमा निखारिएका हुन्।सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ८ महदेवा बस्ने राम चन्द्र चौधरी र अतरा बती चौधरीको जेठो छोरा २९ बर्शीय रामानन्द चौधरीलाई २०७९ जेठ १० गते दुबैमा हर्ट ऐटयाक भएर उनलाई मृत्यु भएको हो। मृतक चौधरीका बिमा अभिलेख नम्बर FE1000434629 भएको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले बताए। प्रबन्धक महतोले मृतकका श्रीमती द्रोपती चौधरीलाई क्रिया खर्च सहित १४ लाख रुपैयाको माछापुच्छ्रे बैंकको चेक हस्तान्तरण गरेका हुन्।मृतक चौधरीलाई श्रीमती र ३ बर्षको एउटा छोरा छन्।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤