ताजा समाचार

चापाकलको पानी खाँदा दर्जन बढी बालबालिका अचेत

  • भदौ ६, २०७९
  • ११४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ ६ मधेश प्रदेश । मधेश प्रदेशको सिराहा जिल्लाको लहान नगरपालिका वडा नं २३ गाढामा रहेको सिराहा मर्निङ्ग स्टार ईंग्लिश बोर्डिङ्ग स्कूलको कम्पाउन्डमा रहेको चापाकलको पानी खादा करिब १८ बिधार्थी अचेत भएका हुन । बिधार्थीहरू अचेत भएको खवर पाए लगतै अनुसन्धानका लागि घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीका अनुसार स्कूलको कम्पाउन्डमा बुलेट ५०५ नामक विषादीको डब्बा फेला परेको बताउनुभयो । उक्त फेला परेको खाली डब्बालाई हेरेर कलमा त्यही विषादी हालेको आशंका गरिएको छ । अचेत बालबालिकालाई लहान अस्पतालमा उपचारमा राखी उपचार भइरहेको छ भने सबै बालबालिकाको अवस्था सामान्य रहेको बुझिएको छ । स्कूल संचालक सुदिप रामका अनुसार विहान करिव साढे १० बजेतिर उक्त चापाकलको पानी खाएका बालबालिकाहरू एक्कासी पेट दुखेको भन्दै रुन कराउँन थालेपछि आफूले प्रहरीलाई सम्पर्क गरेको बताउनु भएको छ ।
 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤