चापाकलको पानी खाँदा दर्जन बढी बालबालिका अचेत

  • भदौ ६, २०७९
  • ९८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ ६ मधेश प्रदेश । मधेश प्रदेशको सिराहा जिल्लाको लहान नगरपालिका वडा नं २३ गाढामा रहेको सिराहा मर्निङ्ग स्टार ईंग्लिश बोर्डिङ्ग स्कूलको कम्पाउन्डमा रहेको चापाकलको पानी खादा करिब १८ बिधार्थी अचेत भएका हुन । बिधार्थीहरू अचेत भएको खवर पाए लगतै अनुसन्धानका लागि घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीका अनुसार स्कूलको कम्पाउन्डमा बुलेट ५०५ नामक विषादीको डब्बा फेला परेको बताउनुभयो । उक्त फेला परेको खाली डब्बालाई हेरेर कलमा त्यही विषादी हालेको आशंका गरिएको छ । अचेत बालबालिकालाई लहान अस्पतालमा उपचारमा राखी उपचार भइरहेको छ भने सबै बालबालिकाको अवस्था सामान्य रहेको बुझिएको छ । स्कूल संचालक सुदिप रामका अनुसार विहान करिव साढे १० बजेतिर उक्त चापाकलको पानी खाएका बालबालिकाहरू एक्कासी पेट दुखेको भन्दै रुन कराउँन थालेपछि आफूले प्रहरीलाई सम्पर्क गरेको बताउनु भएको छ ।
 

प्रतिक्रिया दिनुहोस

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१