Siraha Times
ताजा समाचार

मेयरः महेश प्रसाद चौधरीद्धारा राधाकृष्ण मन्दिर उद्धघाटन

  • भदौ ३, २०७९
  • ११७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल ÷ लहान, भदौ ३ गते शुक्रवार । सिरहाको लहानमा मेयरः महेश प्रसाद चौधरीद्धारा राधा कृष्ण मन्दिरको उद्धघाटन गरिएको छ । प्राकृतिक सौन्दर्य बोकेको पर्यटकिय स्थलको रुपमा ख्याती प्राप्त लहान नगरपालिका वार्ड नं.६ स्थित २ कठा क्षेत्रफलको कम्पाउण्ड भित्र ठूलो लागतमा भौतिकरुपी राधाकृष्ण मन्दिर लहानका मेयर महेश प्रसाद चौधरीले रिवन काटी आज उद्धघाटन गर्नु भएको छ । नदी, तालतलैया, पुरातात्विक, साँस्कृतिक तथा धार्मिक सम्पदाले सम्पन्न नेपालको एक महत्वपूर्ण जिल्ला सिरहाको सुन्दर नगरी लहानमा अवस्थित राधाकृष्ण मन्दिरमा स्थानीय जनसमुदायको योगदानबाट निर्मित राधाकृष्ण मन्दिरमा टाढाका भक्तजनहरुका लागि बासको लागि लहानका मेयरले नगरपालिकवाट भवन बनाई दिने घोषना गर्नुभएको छ । यस मन्दिरको स्थापनामा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुबाट जसरी स्वतःस्फूर्त ढंगबाट सहयोग र योगदान प्राप्त भएको छ यो आफैँमा प्रशंसनीय र उदाहरणीय छ । थोपा थोपा उठाएर घैला भरेजस्तै धेरै जनसमुदायहरुको लगन र परिश्रम जोडेर आस्थाको प्रतीकको रुपमा रहेको यो पवित्र मन्दिर खडा हुनु सहकार्यको एउटा अनुपम उदाहरण हो ।

एकातर्फ ऐतिहासिक सम्पदाको प्राचुर्यता तथा साँस्कृतिक, धार्मिक र सामाजिक सद्भाव र एकताका दृष्टिले सिरहा जिल्लाको महत्व रहेको छ भने अर्कातर्फ यहाँ रहेका प्राकृतिक स्रोत तथा सम्पदाको सदुपयोग हुनु पनि जरुरी छ । राधाकृष्ण मन्दिरको लागि जग्गादाताः स्व.मुगालाल चौधरीको छोरा श्री जलेन्द्र चौधरी रहेको छ । उहाँको श्रीमती छाया कुमारी चौधरी यो मन्दिर समितीको अध्यक्ष रहेको कुरा मन्दिर समितीको कोषध्यक्षः रामबहादुर भुजेलले जानकारी गराएको छ । यो मन्दिर २०६५ साल देखि निर्माण शूरु गरेर २०६९ सालमा भागवत लगाएर आर्थिक सहयोगवाट मन्दिरमा लगानी गरेको छ । यो मन्दिरमा अहिले सम्म उन्नासी लाख लागत लागेको छ । आजको दिनमा पुजापाठ गरी राधाकृष्ण मूर्ति स्थापना गरेको कुरा मन्दिर समितीका कोषाध्यक्ष रामबहादुर भुजेलले जानकारी गराएको छ । चारफिटको शंखमार्वलको राधाकृष्ण्को मूति राजस्थानको जयपुरवाट दुईलाख एकचालिस हजार भारु र ५० हजार ढुवानीमा ल्याएको हो । आज मन्दिमा मूर्ति स्थापना गरी मेयर महेश प्रसाद चौधरी द्धारा मूर्तीको पनि उद्धघाटन गराई सो मूर्तिको पुजापाठ शूरु भएको कुरा समेत कोषध्यक्ष भुजेलले बताएको छ । यो मन्दिरको नाममा भारतियदुतावास वाट सांसद प्रदिप गिरीको मातहतवाट मनोज कुमार कोईरालाको पहलमा एउटा एम्वुलेन्स पनि दिएको समेत भुजेलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१