जे.एस.मुरारका बहुमुखी क्याम्पसले थप दुईवटा बस पाए

  • भदौ २, २०७९
  • ९१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ २ गते बिहिवार । लहान नगरपालिकाको सम्पतीको रुपमा रहेको दुईवटा नगरबस जो पूर्व मेयर मुनी साह (सूडी) को कार्यकालमा खानेपानी सडक विद्युत शिक्षा स्वाथ्य लगायत पुर्वाधार विकासको क्षेत्रमा काम गरीरहेको बेलामा लहान नगरपालिकाले नगरवासीको आवाश्यकतालाई ध्यानमा राखी सहुलियत भाडा दरमा नगर वस सेवा संचालनमा ल्याएका थिए । नगरपालिका भित्र पर्ने २४ वटै वडाका स्थानीय वासीहरुले नगर वस संचालनमा आएसंगै सहज रुपमा सेवा लिने विश्वास गरीएका थिए । जिल्लाको पहिलो व्यापारीक थलोका रुपमा चिनिने लहान नगरपालिकामा २ वटा वस संचालनमा आएपछि शूरु–शूरुमा नगरबसको खुवै चर्चा पनि भएको थिए तर केही महिनासम्म पनि नगरवसमा यात्रुहरु अपुग अर्थात पाँचसात जना यात्रु मात्र हुने गरेको हुदाँ नगरपालिकालाई दिनको दुईहजार घाटा व्यहर्नुपर्ने अवस्था देखिएकोले शैक्षिक क्षेत्रका लागि संचालनमा ल्याउँदा आवश्य सफलता पाउँने उदेश्यले अहिलेको मेयर महेश प्रसाद चौधरीले राजनितीकर्मी, पत्रकार लगायत स्थानियहरुसँग रायबिचार लिँदा सवै तर्फवाट सकारात्मक बिचार आएकोले आज जे.एस. मुरारका वहुमुखी क्याम्पले आयोजित गरेको एक अन्र्तक्रिया कार्यक्रममा ९० लाखको नगरवस दुई वटा क्याम्पसलाई हस्तान्तण गर्नुभएको छ ।
चर्काे शुल्कमा अटो र निजि वसको भाडा तिर्दै आईरहेका बिधाथीहरुले क्याम्पसमा दुई वटा थप वस सेवा संचालनमा आएपछि बिधार्थीहरु खुसि व्यक्त गरेका छन । नगरवस संचालनवाट नगरपालिकाले अवश्य सफलता पाएका थिएन । नगरवसवाट घाटामा नै जाने गरेका कुरा मेयर मेयर महेश प्रसाद चौधरीले भने । अन्र्तक्रिया कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी, निमित क्याम्पस प्रमुखःसंजय कुमार चौधरी , शिक्षकहरु, प्रोफेसरहरु र बिधार्थीहरु लगायत सयौ जनाको उपस्थितमा क्याम्पसलाई बस हस्तान्तरण गरेका हुन् । भारत र नेपालको मैत्री सम्वन्धवाट जे.एस. मुरारका बहुमुखी क्याम्पसले दुईवता वस पाएका थिए साथै थप दुईवटा वस पाए पछि बिधर्थीहरु हर्षित भएका छन् । 
 
क्याम्पसदेखि टाढा पर्ने क्षेत्रबाट विद्यार्थीहरु ओसापसार गरि बिधार्थीहरुलाई सेवा दिनु उचित देखिएको र मैले यो क्याम्पसमा नै डिग्री हासिल गरेकोले यो क्याम्सका लागि भौतिक पूर्वाधारमा पनि आर्थिक सहयोग गर्ने मेयर चौधरीले घोषना गरेको छ । मेयर चौधरीले बिधार्थीहरुको गुनासो सुन्न ललाहीत भएर बिधार्थीसँग अन्र्तक्रिया गर्दा सो क्याम्पसका निलम चौधरी भने एक बिधार्थीले भने यो क्याम्पस सरकारी हो तर प्रत्येक वर्ष शूल्क चर्को गर्दै गएकोले प्राईभेट क्याम्पसमा किननपढने यसको लागि मेयर साहेव शूल्कमा बिचार गरिदिनको लागि मेयरसँग कुरा राखेका थए । अर्का एक बिधार्थीले गुनासो पोख्दै भने ग्रामिण चौकको शिव मन्दिर देखि क्याम्पस गेटसम्मको वाटो साघुरो र जिर्ण भएकोले हजारौ बिधार्थीले आवतजावतमा सास्ती भोगिरहेको छु । यस्तो समस्यालाई मेयर चौधरीले सहज रुप लिएर भने बिधार्थीहरुको अवस्था हेरी सक्दो शूल्क मिनाही गर्ने व्यवस्था मिलाउने छु र मेयर पद पाएको तिन महिना पनि पूगेको छैन । अहिलेसम्म खातापाता पनि संचालन भएको छै त्यसैले सडकको मर्मत जस्ता कार्यमा अवश्य समय लाग्ने कुरा मेयर चौधरीले भने । ५० जना विद्यार्थीलाई छात्रवृत्ति नगरपालिकाबाट प्रदान गर्ने समेत मेयरले उदघोष गर्नु भएको छ ..

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१