ताजा समाचार

वैदेशिक रोजगारमा श्रीमान गुमाएकी नुरजहा खातुनलाई सन नेपाल लहानद्वारा १४ लाख भुक्तानी

  • भदौ १, २०७९
  • १३३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ भदौ - वैदेशिक रोजगारमा कतार पुगेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर ५ खउरकीयाही बस्ने मोहम्मद रहिद मियाँ र सकिला खातुनका करिब ३८ वर्षिय छोरा मो.सहिदुल मियाँलाई २०७९- बैशाख ४ गते कतार मै मृत्यु भएको थियो। मृतकको श्रीमतीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित लाई बोलाएर क्रिया खर्च सहित १४ लाखाको माछापुच्छ्रे बैंकको चेक पीडित खातुनलाई दिएका हुन्। मृतक मियाँ निरन्तर २० बर्ष देखि वैदेशिक रोजगारमा काम गर्दै आएका थिए।उनी छुट्टीमा घर आएर देश फर्केको ७ महिना नबितदै एक जना नेपाली युवाले सोही कम्पनीमा काम गर्ने युवाले सौच गर्न निसकेका मो. सहिदुल मियाँलाई पेटमा छुरा प्रहार गरेर घम्भिर घाइते बनाएका थिए। घाइते मियाँलाई एक श्रीमती र दुई छोरा र १ छोरी रहेका छन्। मियाँलाई उपचारकै क्रममा कतारमै मृत्युु भएको परिवारजनले बताए। वैदेशिक रोजगार बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाका प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती नुरजहाँ खातुनलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤