Siraha Times
ताजा समाचार

दुर्गन्धित राजनीतिमा ठूला दलहरु

  • भदौ १, २०७९
  • ८०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ १ । नेपाली राजनीतिक इतिहासमा परिवर्तनको नाममा उतार चढाव भइरहेको कारणले फोहोरी र दुर्गन्धित राजनीतिक खेलका कारण राष्ट्र विवादित बन्दै गएको अवस्था रहेको पाइन्छ । समाजमा अशल काम गर्ने गराउने दुवै व्यक्ति यतिबेला राजनीतिक दलहरुको आँखाको कसिंगर बनिरहेको अवस्था रहेको पाइन्छ । विकाशको नाममा बजेट छुट्याएर आफ्ना नेता कार्यकर्तालाई विभिन्न समितिमा राखेर भ्रष्टाचार गराउन पल्केका उनै नेता कार्यकर्ताका कारण देशमा अशान्ति भित्रिदै गैरहेको अवस्था रहेको देखिन्छ । सडक देखि सदनसम्म नेताको पछि लाग्ने अनि उनले गरेको गलत कामको मलजल गराउने उनै कार्यकर्ताको कारण आज समाज अधोगतितिर लम्किरहेको छ ।

कतिपय पालिकहरुमा जनप्रतिनिधि आफू तस्कर र भु माफिया हुँदा हुँदै पनि उनलाई सडक आन्दोलनमा सहभागी गराउनु निन्दनीय कार्य पक्कै पनि हो जसले आफै अरूको जग्गा हडपेको छ अनि आफै खोक्रो आदर्शका साथ आम जनताको न्यायपूर्ण आन्दोलनमा सहभागिता गराएर के प्रमाणित गर्न खोजेको होला ? सरकार अनि पार्टी कता हराएका होला ? एउटा निर्दोष जनता हिरासतमा नारकीय जीवन बिताइरहँदा उनका झोले पार्टीले समर्थन गरिरहनु कहाँसम्मको न्याय हो ? विकासमा अगाडि भनिएका पालिका हरुको विकाश ग्रामीण भेगमा गएर हेर्नुहोस अनि छातीमा हात राखेर भन्नुस् तपाईंको प्रतिनिधि विकासमा अगाडि की पकडी?

समाज परिवर्तनका हिमायती वालेनसंग चुनाव जित्न नसकेपछि ठूला दल भनाउँदाहरु अब फोहरसंग राजनीति गर्दै छ बाख्रा मरेपछि चकाजम रे राज्यको सारा संयन्त्र भएको ठाउँमा फोहर सफा गर्ने काम मेयर बालेनको मात्र हो र ? बालेन लाई असफल बनाउनेहरुको चरित्र काठमाण्डौको फोहरको गन्ध भन्दा ज्यादा देखियो त । दुर्गन्धित विचार लाई त्याग गरौं न । समाजमा हिजोका दिनमा हर्क साम्पाङ् राईको आँखाबाट बलिन्द्र धारा चुहाउने राजनेताहरुको दोहोरो चरित्र अनि राष्ट्रपतीले नागरिकता विधेयकमाथिको प्रहार हुँदासम्म चुप वस्ने राजनितिककर्मीहरु आफ्नो न्यायको माग गर्दा गर्दा थकित निहारिका राजपूतले आफनो जीवनको आहुति दिन खोज्दा पनि न्याय दिन नसक्ने न्याय प्रशासन र राष्ट्रवादी नेताहरु किन मौन छन् यतिबेला ? पार्टी संगठनको झण्डा बोकेर सडक तताउने मधेशका मुद्दा लिएर अगाडि आएका नेता तथा कार्यकर्ताहरु किन निहारिका अवस्थाको बारेमा बेखवर बनिरहेका छन् , हुनसक्छ निहारिका गलत होली ? ती कुरा आफ्नो ठाउँमा रहेको छ तर एउटी नारीले न्यायको आवाज उठाउँदै सडकमा आफ्नो ज्यानको बाजी थापेर न्याय प्रशासन र अन्य अधिकारकर्मीलाई आग्रह गरिरहँदा पनि किन बोलिन्न न्यायको पक्षमा ? सतीले सरापेको देशमा न्याय हराएकै हाे त ?

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१