Siraha Times
ताजा समाचार

दोलखाको अर्गानिक टमाटरले भाउ नपाउँदा कृषक चिंतित

  • साउन २९, २०७९
  • १३२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २९ । नेपालमा किशासनको समस्याहरू उत्पन्न हुने क्रममा दोलखा जिल्लाको टमाटर किसानको समस्या बाहिर आएको हो । जिल्लाको अधिकांश भागमा अर्गानिक तरकारी खेती गरिन्छ तर सरकारले किसानलाई समयमा उपलब्भद गराउनुपर्ने सेवा सुविधा स्थानियले नपाएपछि किशान चिंतित वन्न थालेका छन् । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ६ आलम्पुमा उत्पादन हुने टमाटरले बजार भाउ नपाउँदा कृषक सस्तोमै बेच्न बाध्य भएका छन् । उत्पादन भन्दा लागत बढी रहेको र यहाँ कृषि उपज बजारको ब्यबस्था नहुँदा किसानका टमाटर खेतमै कुहिने समस्या रहेको पाइन्छ । अर्गानिक तरकारी खेतीको रूपमा परिचित यस ठाउँमा खुर्सानी , बोडी,मुला , गाजर, रायो, काउली ,आलु लगायतका खेती प्रसस्त मात्रामा गरिन्छ । खेती , उत्पादन र बजारको तालमेल मिल्ने हो भने यस ठाउँको जनताले खेती गरेर आत्मनिर्भर बन्ने सम्भावना रहेको अवस्थामा सरकारले लगानीमा जोड गर्नुपर्ने देखिन्छ । उत्पादित तरकारी बारम्बार कुहिने समस्याले गर्दा स्थानिय चिन्तित बनिरहेको अवस्थामा स्थानिय सरकार र कृषीसंग सम्बन्धित संघ संस्था किशासनको समस्याप्रति बेखवर हुनु चिन्ताको विषय बनेको छ । पीडित किसानहरूले आफ्नो उत्पादनको मूल्य सरकारले निर्धारण गरेर शित भण्डारको व्यवस्थापनमा जोड गरिदिएको खण्डमा आफूहरुको आर्थिक समस्याको समाधान हुने कुरामा बिश्वस्त रहेका छन् । विकट हिमाली जिल्लाको तरकारी पोषिलो भएको हुनाले तरकारी जन्यवस्तुको निर्यात बढाएको खण्डमा हिमाल, पहाड र तराईको सन्तुलन कायम राखेको खण्डमा सकारात्मक प्रभाव पर्ने अवस्थामा सरकार गम्भीर हुन आवश्यक भएकोले तत्काल ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१