कांग्रेसको क्षेत्रीय भेला सम्पन्न

  • साउन २९, २०७९
  • ९९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २९ । सिराहाको लहानमा नेपाली कांग्रेसको प्रथम क्षत्रिय सम्मेलन तथा स्थानिय निर्वाचनमा निर्वाचीत जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । सिरहाका क्षेत्र नं १ का क्षत्रिय सभापति तथा लहान नगरपालिकका मेयर महेश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सह महामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव , अथितिहरूमा पूर्व मन्त्री पदम नारायण चौधरी, महिला संघकी केन्द्रीय अध्यक्ष उषा राउत, नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिकाबीच नेपाली कांग्रेस सिरहाको प्रथम क्षत्रीय भेला सम्पन्न भएको छ । शनिबार सिरहाको लहानमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का प्रथम क्षेत्रीय सम्मेलन तथा जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुलाई स्टेजमा बोलाएर सम्मान गर्दै नेपाली कांग्रेस महिला संघकी केन्द्रीय अध्यक्ष उषा राउतलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै पूर्व मंत्री महेन्द्र यादवले जनतालाई केपी ओली र उनको पार्टीले नेपाली जनतालाई दिवा सपना देखाउँदै नागरिकता विद्येयक जस्तो महत्वपूर्ण विषयलाई आफनो ईशारामा राष्ट्रपति विदादेबि भण्डारीलाई रोक्न लगाएर जनतासँग ठूलो धोखा गरेको बताउँनु भएको छ ।

No description available.

नेपाली कांग्रेस पार्टिभित्र पलाएको आन्तरिक विवादको पहिचान गरी चुनावअघि नै समस्याको समाधान गर्न जिल्ला सभापतिले सकारात्मक भूमिका खेल्नुपर्ने पूर्वमन्त्री तथा केन्द्रीय सदस्य पदमनारायण चौधरीले बताए । दूरदर्शी नेताको रूपमा परिचित जिल्ला सभापति रामचन्द्र यादवले पार्टी र कार्यकर्ता बीच मनमुटाव हटाई मिलेर जानुपर्ने एकआपसमा द्वन्द्व गर्न छोडेर चुनावमा केन्द्रित हुनुपर्ने धारणा राख्नु भएको छ । आसन्न मंसिरमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई एक ढिक्का भई जिताउन सबै नेता कार्यकर्ता लाग्नुपर्ने नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उषा राउतले बताउदै कांग्रेसको नेतृत्वमा बन्ने सरकारले मात्र आम जनताको विकाश र समस्याको समाधान हुने धारणा राख्नु भएको छ साथै राउतले देशमा महिलाको हरेक समस्याको पहिचान गरेर आफूले महिलाको समस्याको समाधान गर्ने बताउनु भएको छ । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका क्षेत्रीय सभापति तथा मेयर महेश चौधरीले लहान नगरपालिकामा पहिलो पटक आफू निर्वाचित भएपछि यहाँका जनताहरुको मुख्य समस्याहरुलाई पहिचान गरी समाधान गर्ने योजनाहरु लागु गरिरहेको बताए । कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ता लगायत मानव अधिकारकर्मी पत्रकार समेतको उपस्थितिमा नेपाली कांग्रेस क्षत्रिय भेला सम्पन्न गरिएको हो ।

No description available.

प्रतिक्रिया दिनुहोस

जिल्ला समन्वय समिति ...

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमु ...

भोजपुरी टाइम्सले आफ् ...

वीरगंज २३ साउन । वीरगंजबाट प्रकाशित हुने भोजपुरी टाइम्स दैनिक पत्रिकाले आफ्नो १२ औं वार्षिकोत्सव शुक ...

लहानठाडी सडक सुधारमा ...

ओम प्रकाश यादव लहान साउन २३। केही दिनअघि लहान–ठाडी सडक खण्डको दयनीय अवस्थाबारे सामाजिक सञ्जालम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१