ताजा समाचार

हाती आतंक पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने लहान नगर मेयर महेश चौधरी

  • साउन २८, २०७९
  • १३६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले हाती आतंकाबाट पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने बताएको छ । शनिवार विहानै उनी घटना स्थलमा पुगेर जानकारी लिएको छ । पीडितहरुलाई जस्तापाता, त्रिपाल र खाद्यन्न सहयोग गर्ने जानकारी दिएको छ । शुक्रबार राती जंगलबाट भागेर आएका दुई वटा हातीले वडा नं. १५ सिसवनी र मोहनपुर गाउँका ७ परिवारको घर भत्काएको थियो । भत्किएको घरहरु माटोले लेपेको र फुसको छानो भएको छ । स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवको घर भत्काएको वडाअध्यक्ष तेजनारायण चौधरीले जानकारी गराए । उनका अनुसार जंगलबाट आएका हातीले अन्नबाली पनि खाएको छ । राती नै स्थानीयहरुले आगो बालेर हातीलाई जसोतसो गाउँबाट भगाएका छन् ।  वर्षातको महिनामा घर भत्काएपछि उनीहरुलाई समस्या भएको छ । स्थानीयवासीबाट मेयर महेश चौधरीले जानकारी पाएलगतै घटनाबारे जानकारी लिनलाई गाउँ वस्ती पुगेका थिए । पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने उनले बताए । फुसको घर भत्केकोलाई जस्तापाता र त्रिपाल दिने मेयर चौधरीले जानकारी दिए । २५ किलो चामललगायत नुन, तेल, दाल पनि राहतमा दिने उनले बताए । लहान पोस्टमा समाचार छ 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤