ताजा समाचार

आदर्श बन्दै लहानका मेयर चौधरी

  • साउन २७, २०७९
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २७ । सिराहा जिल्लाको लहान नगरपालिकाका प्रमुख महेश चौधरी आदर्श बन्दै गएको छ । सामाजिक विकाशको अग्रता लिँदै गर्दाको अवस्थामा मेयर महेश चौधरी बिदाका दिन सरकारी सेवा सुविधा नलिने बताउनु भएको छ । नेपाल सरकारले सरकारी सेवा सुविधा कानुन बमोजिम हप्ताको शुक्रवार सम्म मात्र दिने कानुनी व्यवस्था अनि शनिवार बिदा हुने प्रचलनले आफू बिदाको दिन सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउनु भएको छ । आदर्श बादी चिन्तन अनि बिकास बादी नीतिका साथ अगाडी बढिरहेको मेयर चौधरीले शुक्रवार अर्थात् जनै पूर्णिमाको दिन सामान्य नागरिकले प्रयोग गर्ने सवारी साधनलाई प्रयोगमा ल्याएर आफ्ना काम काज गर्नू भएको छ ।

बिहान सडकमा हिँडेर पुगेका मेयर चौधरीले समान्य नागरीक झै पार्किङ स्टेण्डमा उभिएर अटोको प्रतीक्षा गर्नुभएको थियो । अटोमा मेयर जस्ता व्यक्ति सवार भएपछि अटो चालकले उहालाई एकलै गन्तव्यमा लिएर हिँड्न खोज्दा मेयरले अरु यात्रु भरिन दिनुहोस अनि लैजानु होला भनी अटो चालकलाई प्रतीक्षा गराउनु भएको थियो । अटो सामान्य नागरिकले भरिए पछि सामान्य नागरिक झै यात्रा तय गर्नु भएको थियो । सार्वजनिक बिदाको दिनमा सरकारी सम्पतिको दुरुपयोग नगर्ने बतादैं सुन्दर लाहान कल्पना आफ्नो मुख्य एजेण्डा रहेको बताउनुहुन्छ । मेयर चौधरीको नेतृत्व प्रति आम जनता एकातिर खुसी रहेको छ भने अर्कोतिर उनको समान्य जीवन शैलीबाट पाठ सिक्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤