उपप्रमुखको भ्रमण कार्यक्रम सम्पन्न

  • साउन २७, २०७९
  • ९९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २७ । मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाकी उपमेयर संगिता चौधरीले मधेशका जिल्लाहरूको दुई दिने भ्रमण गर्नुभएको छ । आर्थिक समावेशीकरण अधिकृत तथा लैङ्गिक सिकाइ कार्यक्रम पद्धति ( गाल्स ) का संयोजक कुमार कर्ण द्वारा आयोजीत कार्यक्रमा पालिका उपप्रमुखहरूलाई जिल्लाका बिभिन्न पालिकाहरुको अनुगमन तथा अवलोकन गराइएको हो । नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धि अन्तर्गत साउन २५ देखि २६ गतेसम्म उक्त भ्रमण गराइएको हो । कार्यक्रममा सहभागी धनगढीमाई सिराहाका उपमेयर संगिता चौधरीले बर्दिवास ,गौशाला , लालबन्दी लगायतका वडाहरूमा अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा चौधरीले गौशाला नगरपालिका वडा न १२ कान्ति बजार स्थित रहेको सरिता महतोको गाई फामको समेत अवलोकन भ्रमण गर्नुभएको छ । खासगरी महिला उद्यमीले समाजको आवश्यकतालाई सहज ढंगबाट पूरा गर्न सक्ने भएकोले महिला सवलीकरणमा प्रदेश सरकारले ध्यान केन्द्रित गर्न जरुरी रहेको उपमेयर संगिता चौधरीले बताए । समाजमा उद्यमशीलताको विकास गर्न समाजका हरेक व्यक्ति जागरुक भएको खण्डमा सकारात्मक परिवर्तन हुनुका साथै जलवायु परिवर्तनमा आउने अस्वाभाविक परिवर्तनमा उद्यमशीलताको अहम् भूमिका रहने भएकोले ग्रामीण उद्यमसिलता विकास अाजको आवश्यकता रहेको उपप्रमुख संगिता चौधरीले बताउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१