विनोद मण्डल कृषकप्रति चिंतित सभापति महतो

  • साउन २७, २०७९
  • ११०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २७ । जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो , जसपा नेता प्रयागलाल यादव र मीडियाकर्मीबीच जिल्लाका कृषि र किसानको समस्याप्रति गहन छलफल भएको छ । किशाकाे समस्यालाई लिएर विगत केही दिन देखि सभापति महतो आफ्नो टीम सहित मलखाद वितरण भइरहेको केन्द्रहरूमा अनुगमन गरी रहनु भएको छ । अनुगमनको क्रममा साल्ट ट्रेनिङ्गको गोदाममा ठूलो मात्रामा मल भेटिएको र किसानले सहज रुपमा युरिया मल नपाउँदा महतो आक्रोसित भएका हुन् । जनताको महत्वपूर्ण आवश्यकता शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवास हुन र यसप्रति सबै पक्ष संवेदनशील हुन जरुरी रहेकाे महतोले बताउनु भएको छ । मधेश आन्दोलनको योद्धा महतो सभापति बने लगत्तै जिल्ला भरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था लगायत १७ वटै स्थानिय सरकारसंग समन्वय गर्दै मधेसी जनताको अधिकार प्राप्तिका लागी जुट्नु भएको छ ।

अर्का जसपा नेता प्रयागलाल यादव पनि किसानको समस्या प्रति गम्भीर रहेको छ। उहाँको भनाइ अनुसार हामी अब रासायनिक विषादी लाई विस्तापित गरौं कारण यसको नकारात्मक असर हरेक क्षेत्रमा परी सकेको छ । माटोमा ५% अर्गानिक मेटर हुनु पर्ने हो तर १- ३% मा झरेको विभिन्न अध्ययनले देखाइसकेको छ र बिस्तारै माटो बिरामी हुँदै मरणशिल अवस्थामा पुग्दैछ । यो जटिल समस्यालाई रोक्न जैविक बाहेक विकल्प नरहेकोले यस तर्फ सबैको ध्यान जान जरुरी छ नेता यादवले बताउनु भयो । दुवै नेता अगाडी थप्नु भयो रासायनिक विषादी हाम्रो देशमा उत्पादन हुँदैन र आयात गर्न विभिन्न कठिनाई पनि छ र यसको प्रयोगले जल जंगल जमीन जीव जनावर मानव लगायत जलवायुमा नकारात्मक असर समेत परेकोले यसलाई विस्तापित गरी जैविक विधि बाट खेती शुरु गर्न अब जरुरी भइसकेको छ बताउनु भएको छ । आफ्नै देशमा रहेका प्रयाप्त स्रोतसाधनको प्रयोग गरी कम लगानीमा किसानलाई पनि सस्तो हुने जैविक मल प्रयाप्त उत्पादन हुने सम्भावना हाम्रो देशमा छ र तिनै तहका सरकार यस तर्फ गम्भीर हुन जरुरी छ बताउनु भयो । मीडिया कर्मीको अन्तिम जवाफमा मधेसी देशको दोस्रो दर्जाको नागरिक हो अहिले सम्म महशुस गर्दैछन र मधेश आन्दोलनले हामीलाई जन्माएको हो र त्यही जनताले हामीलाई यहाँ सम्म पुर्याएको छ त्यसकारण हामी जन्ता कृषि र किसान प्रति पूर्णरुपमा गम्भीर छौँ समेत उहाँ नेता महतो र यादवले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१