Siraha Times
ताजा समाचार

नियम विपरीत सरकारी बाईक मन्त्रालय अगाडी पार्किङ

  • साउन २६, २०७९
  • ८७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २५ मधेश प्रदेश । मधेश प्रदेशको राजधानी शहर जनकपुरको बेहाल भएको प्रष्टीएको छ । शहरको मुख्य सडकको छेउमा स्थानीयले फालेका फोहोरले बातावरण एकातिर दुर्गन्धित बन्दै गएको अवस्था रहेको पाइन्छ भने अर्कोतिर जथाभावी पार्किङको समस्या पनि उत्पन्न भएको छ । प्रदेशको बागडोर सम्हालेका मन्त्री र मन्त्रालयको अगाडिका सडकमा एकातिर फोहोर फालिएको अवस्था रहेको पाइन्छ भने अर्कोतिर मन्त्रालय प्रवेश गर्ने सडकमा पार्किङको चरम लापरवाहीका बीच सरकारी बाइकहरु राखिएको अवस्था रहेको देखिन्छ । आज दिउसो करिब ३ बजेको समयमा उक्त ठाउँमा पुग्दा एकै ठाउँमा रहेको भवनमा करिब ६ मन्त्रालयहरू अर्थ मन्त्रालय , बाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय , कानून न्याय तथा प्रदेश शभा मामिला मन्त्रालय , उद्योग पर्यटन तथा वन मंत्रालय र समाजिक बिकास मन्त्रालय एउटै भवनमा रहेको प्रसासनीक भवनका महामहिम चढने सरकारी बाईक करिव ३ ओटा मन्त्रालय अगाडिको सडकमा पुरै अव्यवस्थित तरिकाले राखिएको थियो ।

कर्मचारीको दादागिरी कतिसम्म ? एउटा सामान्य नागरिकले उक्त ठाउँमा त्यसरी पार्किङ गर्दा ट्राफिक प्रहरीको नियम अनुसार जरिवाना काटिन्छ तर जहाँ कानून मंत्रालय रहेको छ उक्त ठाउँमा कानुनको धज्जी उडाउदै पार्किङ गर्ने कर्मचारीलाई कस्तो कानूनी कारवाही अगाडी बढाउदा उत्तम हाेला ? कानून बनाउनेले कानुन विपरीत कार्य गर्दछ भने उसले कसरी कानुनको रक्षा गर्न सक्छ । मधेश प्रदेशको अधिकांश कार्यालयको अवस्था स्थलगत रूपमा रिपोर्टिङ गर्दा वास्तविक रूपमा बेहाल नै देखिएको अवस्थामा यसरी मधेश प्रदेशको राजधानी शहर जनकपुरको मन्त्रालयहरुमा बाईक पार्किङ गरेर सरकारी कर्मचारीहरूले मर्यादाको खयाल नै नगरी आफैले कानुनको निर्माण गर्ने अनी आफैले धज्जी उडाउदै गर्दा आम जनतामा पर्ने प्रभावको खयाल गर्दै त्यसरी पार्किङ गर्ने कर्मचारीलाई कानूनी कारवाही अगाडी बढाउन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१