ताजा समाचार

सडकमा आवात जावतमा कठिनाई प्रदेश सरकार आराम गर्दै

  • साउन २५, २०७९
  • ८९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २५ मधेश प्रदेश । नेपालको ग्रामिण भेगसंग जोडिएको प्रदेशको रूपमा मधेश प्रदेश रहेको पाइन्छ । गाउँदेखि शहरसम्म ग्रामीण वातावरण रहेको मधेश प्रदेशको विकास निर्माण यतिबेला ओझेलमा पर्न थालेका थिए । मधेश प्रदेशको राजधानी शहर जनकपुर ढल्केवरकाे एक मात्र मुख्य सडकको मर्मत सम्भारमा व्यापक हेलचेक्राइँ भइरहेको अवस्था रहेको देखिन्छ । सडक मर्मतको अभावमा ठाउ ठाउमा सडक जीर्ण अवस्थामा रहेको छ भने अर्कोतिर सडकको बीच भागमा घासपात उम्रिन थालेका छन् । सडकको छेउमा बनाइएको पेटीमा स्थानियले ईन्धन सुकाउन थालेका छन् । सडक खण्डमा वनमारा घारी हुँदा पनि सडक डिभिजन कार्यालय मौन दर्शक बनिरहेका छन् भने सडकको सफही खण्डमा पुल निर्माण गर्नको लागि सडक भत्काएर खनिएको खाल्डोको कारण आवात जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्थामा प्रदेशका मुख्य मन्त्री लगायत सबै प्रसासनीक निकाय मौन वसिरहेको छ । सफहीमा सडकको पक्षिम छेउमा खनिएको ठूलो खाल्डोको कारण गाडी आवात जावतमा कठिनाई उत्पन्न हुनुका साथै संभावित दुर्घटना हुने प्रवल सम्भावना रहेता पनि निर्माण ठेक्का सम्झौता गरेको कम्पनीलाई हालसम्म कुनै किसिमको कानूनी दायरामा नल्याउनु प्रदेश सरकारको मिलेमतोमा भ्रष्टाचारलाई बढावा दिएको सहजै अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤