थला परेका दासलाई युवा सञ्जालको ह्विल चेयर

  • साउन २५, २०७९
  • ८५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २५ । सिराहाको धनगढीमाई नगरपालिका भित्र भर्खर गठन भएको धनगढीमाई युवा सञ्जालले सामाजिक कार्यका लागि तत्पर हुन् थालेका छन् । गठनको शुरुवातमै धनगढीमाई 12 का ब्लड क्यान्सर पीडित रामसुन्दर मण्डललाई आर्थिक सहयोगको खाता खोलेकाे सञ्जालले आज एक कार्यक्रमका बीच धनगढीमाई ८ वस्ने करिब ६५ वर्षिय रामजुलुम दासलाई हवील चेयर सहयोग प्रदान गरेको सञ्जालका योगेश सिंहले बताए ।। सञ्जालको महासचिव प्रवेजको नेतृत्वमा करिब दिउसो साढे तीन बजेको समयमा दासको घर रहेको धनगढी माई नपा ८ ईटारी टाेलमा पुगेर प्यारालाइसिस पीडित रामजुलुम दासलाई एक कार्यक्रमका बीच ह्वील चेयर प्रदान गरेको हो । बिगत तीन वर्षदेखि बिरामी भई थला परी ओछ्यानमा जीवन मरण संग संघर्ष गर्दै आएका दासलाई महासचिव लगायत सञ्जालका सदस्यहरूले नयाँ लुगाफाटो लगाएर ह्वील चेयरमा बसाएका थिए ।

परालाईसीस पीडित दासलाई हालसम्म कसैले पनि सहयोग नगरेको त्यस्तै कुनै निकाईबाट कुनै किसिम सहयोग नपाएकाे अवस्थामा बैदेशिक रोजगारका क्रममा मुलुक बाहिर रहेका धनगढीमाईका युवाको विशेष सहयोग तथा धनगढीमाई युवा सञ्जालको पहलमा उक्त कार्यक्रम सम्पन्न भएको स्थानियलाई उदृत गर्दै हाम्रा संवाददाता रहमुलले जनाएका छन् । ह्वील चेयर प्रदानमा महत्त्वपूर्ण भूमिका खेलेका धनगढीमाई ८ का राम यादब र धनगढीमाई ९ चैनपुरका सिरहा बाला भनिने राज कुमार साहलाई सञ्जालको तर्फबाट धन्यवाद ब्यक्त गरीएको छ । दासलाई सामान्य घुमफिर गर्नको लागि ह्वील चेयर प्रदान गराउनमा अहम् भूमिका निर्वाह गरेका धनगढीमाई नपा ८ का जयराम जि भने राम कुमार यादबलाई समेत धन्यवाद ज्ञापन गरिएको छ । समाजका शोषित पीडित र अधिकार विहिनहरुको अधिकारलाई सुनिश्चित गराउने लक्ष्यका साथ युवा संजाल आफ्ना कार्यक्रमहरु अघि बढाइरहेको छ । स्वतन्त्र रूपमा काम गर्न थालेपछि यतिबेला सञ्जालप्रति आकर्षण बढेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१