ताजा समाचार

गर्भ रहुनजेलसम्म खधान्न दिने घोषना

  • साउन २२, २०७९
  • ११०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, साउन २२ गते । समाजसेवाबाट चर्चामा आएका महेश प्रसाद चौधरी लहानका मेयर बनेपछि समाजसेवालाई अझ सवल तथा कुपोषन हुन नदिन थप योजनाहरु समाजलाई पस्किँदा बिपन्न सामुदायहरु हर्षित भएको कुरा स्थानियहरु सुनाए । जो आर्थिक पिडावाट गुनमुनाएका छन त्यस्ता व्यक्तिहरुले अन्य कसैवाट कुनै किसिमको सहयोग नपाए तर लहानका मेयरवाट पाएका राहत, बितरणको कार्यलाई बिर्षन सकिदैन भने कुराको मूल्याकंन गदै आज पनि लहान नगरपालिका वार्ड नं. २२ सिस्वनी टोलमा फूलमाला, अविर र खाद्या ओढाएर सम्मान गरेको छ । मेयर चौधरीले आफना श्रीमतीको स्मरण गदै संगिता स्मृती प्रतिष्ठानवाट प्रत्येक महिनाको २२ गते गर्भवती महिलाई फलफूल र खाद्यान्न बाढने कार्यलाई निरन्तरता दिँदै ३० जना गर्भवती महिलाहरुलाई सिस्वनी गाउँमै पुगेर दाल, चामल, आलु नुन र तेल बितरण गर्नुभएको छ । यो राहत बितरण खास गरी गर्भमा रहेका वच्चाहरु कुपोषन नहोस र गर्भवती महीलाहरुको शाररीक अवस्था स्वस्थ राख्न अव देखि गर्भवती महिलाहरु बच्चा जन्माउने समयसम्म प्रत्येक महिनाको २२ गते खाद्यान्न दिने घोषना गरेको छ S।T मेयर चौधरीले शिक्षा,स्वास्थ र रोजगारको मान्यता दिदै आज बिहानै सिस्वनी गाउँकै श्री अधारभूत बिधालय जहदी सिस्वनी स्कुलको निरक्षण गरी सो स्कुलको व्यवस्थापनमा बिशेष सहयोग गर्ने प्रतिवद्धता गरी स्कुलको प्रंगनमा बृक्षारोपन कार्यक्रम समेत गर्नुभएको छ । जिर्ण अवस्थामा रहेका भौतिकपूर्वाधार र स्कुलसम्म पूग्ने वाटोको बिषयमा समेत मेयर चौधरीले वडा अध्यक्ष श्याम श्रेष्ठसँग सकारात्मक छलफल गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤