ताजा समाचार

नेपाली जनप्रगतिशिल मञ्च कतारले १६ औ स्थापना दिवस मनायो

  • साउन २१, २०७९
  • १६८३ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम    

दोहा- नेपाली जनप्रगतिशिल मञ्च कतारले १६ औ स्थापना दिवसको अवसरमा  शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। मञ्च कतारको स्थापना अगस्ट २ तारीख पर्ने भए पनि ५ तारीख शुक्रबार गरिएको हो।सनैयाको एसियन टाउन ग्राण्ड मल्ल स्थित रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसियाको संयोजक शनि कुमार ओलिको प्रमुख आतिथि थिए। जनप्रगतिशील मञ्च पश्चिम एसियाका सदस्य प्रेम कुमार विक, जैबी चैम्लिङ्ग राई मंच कतारका प्रमुख सल्लाहकार रमेश भट्ट,  भुतपुर्व उपाध्यक्ष श्री कृष्ण राई, सल्लाहकार सरिता भण्डारी,दिपक लामिछाने, अमित गौतम, कुमार खड्का, सुरज श्रेष्ठ, रबिन मगर, सेवक विक , पवन शर्मा, डिल्लीराम भट्टराई , राजेन्द्र  लिम्बू, अनुशासन विभाग प्रमुख पुष्पा लम्साल , संस्थाका सदस्य, पत्रकार लगायतको उपस्थितीमा विभिन्न वक्ताहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए। 

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि शनि कुमार ओलीले १६ औं स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षार्थ अब एक पटक पुन: सम्पूर्ण प्रबासमा रहेका पार्टी आवद्द साथीहरुले आसन्न निर्बाचनमा सके आफै उपस्थित हुने, यदि सम्भब भएन भने घर-परिवार, इस्टमित्र , छरछिमेक साथीभाई लाई कन्भिन्स गरेर आ-आफ्नो जिल्लामा जोडिएर , तेही केन्द्रित रहेर पार्टी लाई निर्वाचनमा पहिलो पार्टी बनाउन निर्देशन दिए । कार्यक्रममा बिशेष अतिथि,प्रमुख सल्लाहकार एवं पुर्व अध्यक्ष रमेश भट्टले मंचलाई अझै शसक्त संस्था बनाउदै अगाडी बढाउनुपर्ने जनाउदै पार्टीका सबैको ध्यान आगामी मंसिर ४ को निर्वाचनमा रहनुपर्ने बताए । नेपाली राष्ट्रिय गान बाजाएर सुरुवात गरेको सो कार्यक्रममा ज्ञात अज्ञत शहिदहरु प्रती दिप प्रजवल्न गरि एक मिनेट मौन धारण गरि सुरु गरिएको थियो। कार्यक्रममालाई सफल बनाउ तथा निमन्त्रणालाई स्वीकार गरि आउनु भएका सम्पूर्ण अतिथिहरुमा धन्यवाद सहित स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए।संस्थाका सचीव उत्तर कुमार रोकाले कार्यक्रमको सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤