Siraha Times
ताजा समाचार

सीमाबाट हुने लागुऔषध देखि तस्करी लगायतका समस्या समाधान बारे चर्चा

जनकपुरधाममा नेपाल भारत सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

  • साउन २१, २०७९
  • १०५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जननकपुरधाम । जननकपुरधाममा नेपाल भारतका सीमा सुरक्षा बैठक सम्पन्न भएको छ । शनिबार जनकपुरधामस्थित एक होटलमा भारतको मधुबनी जिल्लाका जिल्ला पदाधिकारी, सुरक्षाअधिकारी तथा सुरक्षाकर्मी र मधेश प्रदेशका भारतसंग जोडिएका जिल्लाहरुको जिल्ला पदाधिकारी, सुरक्षाअधिकारी तथा सुरक्षाकर्मीहरुको संयुक्त समन्वय बैठक भएको छ । कार्यक्रममा खुला सीमामा विद्यमान समस्या, चुनौती र समाधानहरुको बारेमा दुबै देशका पदाधिकारीहरुले धारण व्यक्त गरेको थिए । कार्यक्रममा सीमाबाट हुने लागुऔषध कोरोबार, मानव बेचविखन, तस्करी लगायतका समस्या समाधान बारे समेत चर्चा गरिएको छ । कार्यक्रममा विगतमा भएको स्थानीय तहको चुनावमा भारतका सीमामा अहोरात्री खटेर सुरक्षामा तैनाथ रहेको सुरक्षाकर्मीलाई धन्यवाद दिनुको साथै आब हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि सीमा सुरक्षामा सहयोग गर्ने दुबै देशका पदाधिकारीले जनाए । कार्यक्रममा नेपालको तर्फबाट मधेश प्रदेशका जिल्लाहरुको प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख सहभागी भएका थिए भने भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला प्रमुखसहित प्रहरीहरुको उपस्थिति रहेको थियो । प्रदेश र प्रतिनिधिसभाको चुनाव भन्दा पहिला पुनः भारतको मधुबनीमा सिमा सुरक्षा सम्बन्धी बैठक हुने कार्यक्रममा उपस्थित नेपालका सुरक्षा पदाधिकारीले बताए । कार्यक्रम समापन पश्चात भारत र नेपालका उपस्थित सम्पूर्ण सुरक्षाअधिकारी एवम प्रमुखको टोली सिन्धुलीगढी भ्रमण गर्न प्रस्थान गरेको थिए ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१