Siraha Times
ताजा समाचार

जनकपुरधाममा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल

  • साउन २१, २०७९
  • ९३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा सम्वाद समुह केन्द्रिय समितिको आयोजनामा जनकपुरधाममा आयोजित छलफलमा वक्ताहरुले विगतमा भएका दुईवटा सन्धीहरु पश्चात नेपाल भारतको सम्बन्ध कमजोर हुदै गएको बताए । कार्यक्रममा नेपाल भारतका जानकार कुशेश्वर झाले राजा महेन्द्रको पाला देखि नेपालमा भारत विरोधी गतिविधी सुरु हुन थालेको बताए । जनकपुरधामको प्रमुखमा उम्मेदवार बनेकी तमलोपा नेतृ विभा ठाकुरले आफु २०४४ सालमा विवाह गरेर नेपाल आएकोबेला नागरिकता लिन कुनै पनि अप्ठेरो नभएको बताउदै अहिले हुन थालेको जालझेल प्रति आपती जनाइन् । उनले भारतबाट विवाह गरेर नेपालकी बुहारी भएकी महिला माथी बिश्वास नभएको खण्डामा सबैलाई र्फिता पठाईदिनु पर्ने सम्मको अभिव्यक्ति दिइन । कार्यक्रममा नेपाल भारत खुल्ला सिमा सम्वाद समुहका केन्द्रिय अध्यक्ष राजिव झाले खुल्ला सिमाका आयाम, समस्या, आर्थिक पक्ष, असर र मांगहरु समेटेर सम्बन्ध सुधारका लागि एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

Open photo

झाले यस अघि नेपालमा भारत मात्रको चासो रहेकाले दुई देशको सम्बन्ध प्रगाढ रहेको भएपनि चिन सहितका देशहरु नेपालमा हस्तक्षेप गरेर दुई देशको सम्बन्ध बिर्गान थालेको बताएका छन् । चिनको चासो बढेपछि अन्य देशको समेत हस्तक्षेप भई मुख्य असर नेपाल भारतको पौरानिक र नातेदारीको सम्बन्धमा पनि प्रभाव परेको उनको आरोप छ । कार्यक्रममा लोसपा प्रदेश सांसद सुरिता साहले नेपाल भारतको सम्बन्ध दुई देशको सरकार बिचको सम्बन्ध भन्दा पनि जनता र रोटीबेटीको सम्बन्ध रहेकाले सजिलै बिर्गान नसकिने बताए । कार्यक्रममा नेता जानकी राम साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जिसस धनुषाका प्रमुख, जउनपा वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र कुमार साह, कमला बचाउ अभियानका प्रमुख सहित भारत सितामढीमा गठन भएको नेपाल भारत खुल्ला सिमा सम्वाद समुहका अध्यक्ष रोहित झा सहितको सहभागिता थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१