जनकपुरधाममा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल

  • साउन २१, २०७९
  • ८१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा सम्वाद समुह केन्द्रिय समितिको आयोजनामा जनकपुरधाममा आयोजित छलफलमा वक्ताहरुले विगतमा भएका दुईवटा सन्धीहरु पश्चात नेपाल भारतको सम्बन्ध कमजोर हुदै गएको बताए । कार्यक्रममा नेपाल भारतका जानकार कुशेश्वर झाले राजा महेन्द्रको पाला देखि नेपालमा भारत विरोधी गतिविधी सुरु हुन थालेको बताए । जनकपुरधामको प्रमुखमा उम्मेदवार बनेकी तमलोपा नेतृ विभा ठाकुरले आफु २०४४ सालमा विवाह गरेर नेपाल आएकोबेला नागरिकता लिन कुनै पनि अप्ठेरो नभएको बताउदै अहिले हुन थालेको जालझेल प्रति आपती जनाइन् । उनले भारतबाट विवाह गरेर नेपालकी बुहारी भएकी महिला माथी बिश्वास नभएको खण्डामा सबैलाई र्फिता पठाईदिनु पर्ने सम्मको अभिव्यक्ति दिइन । कार्यक्रममा नेपाल भारत खुल्ला सिमा सम्वाद समुहका केन्द्रिय अध्यक्ष राजिव झाले खुल्ला सिमाका आयाम, समस्या, आर्थिक पक्ष, असर र मांगहरु समेटेर सम्बन्ध सुधारका लागि एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

Open photo

झाले यस अघि नेपालमा भारत मात्रको चासो रहेकाले दुई देशको सम्बन्ध प्रगाढ रहेको भएपनि चिन सहितका देशहरु नेपालमा हस्तक्षेप गरेर दुई देशको सम्बन्ध बिर्गान थालेको बताएका छन् । चिनको चासो बढेपछि अन्य देशको समेत हस्तक्षेप भई मुख्य असर नेपाल भारतको पौरानिक र नातेदारीको सम्बन्धमा पनि प्रभाव परेको उनको आरोप छ । कार्यक्रममा लोसपा प्रदेश सांसद सुरिता साहले नेपाल भारतको सम्बन्ध दुई देशको सरकार बिचको सम्बन्ध भन्दा पनि जनता र रोटीबेटीको सम्बन्ध रहेकाले सजिलै बिर्गान नसकिने बताए । कार्यक्रममा नेता जानकी राम साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जिसस धनुषाका प्रमुख, जउनपा वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र कुमार साह, कमला बचाउ अभियानका प्रमुख सहित भारत सितामढीमा गठन भएको नेपाल भारत खुल्ला सिमा सम्वाद समुहका अध्यक्ष रोहित झा सहितको सहभागिता थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१