ताजा समाचार

लहान नगरपालिकामा थालियो बृहत सरसफाई अभियान

  • साउन २१, २०७९
  • १०१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २१ । सिराहाको लहान नगरपालिका भित्रका बस्तीहरूमा अत्याधिक फोहोर जम्मा भएर नगरको वातावरण दुर्गन्धित बन्दै गएको अवस्थामा बृहत नगर सरसफाई अभियान थालिएको छ ।

नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमूख आतिथ्यमा आयोजित सरसफाई अभियान अन्तर्गत " सरसफाइ गरौं , सभ्यताको परिचय देऊ'' भन्ने मूल नाराका साथ लहान नगरपालिकाकाे वडा नम्बर - ४ को मुख्य बस्तीबाट अभियानको सुरुवात गरिएको वीरेन्द्र यादबले जनाएका छन् । अभियानको सुरुवातमा मेयर चौधरीले समाजका लागि अशल कामको सुरुवात आफैबाट गर्नुपर्ने धारणा राख्दै स्थानीयबासीको सहयोगमा महिनाको १५ / १५ दिनमा नगरको टोल बस्तीमा सरसफाइ हुनुपर्नेमा जोड दिनुभएको छ ।

नगर सरसफाइमा चौधरीले आफ्नो कार्यकालमा नगरपालिकाबाट सरसफाइ सम्बन्धित जनचेतनामूलक कार्यक्रम सहित कार्यान्वयन गर्न पछि नहट्ने घोषणा गर्नु भएको छ । नगर प्रमूख चौधरीले घरबाट निस्केको फोहोरलाई पहिचान गरी ब्यबस्थापन गर्दै उचित ठाउँमा व्यवस्थापनको वातावरणमा आफनो ध्यान केन्द्रित भएको समेत बताउनु भएको छ । कार्यक्रम जनप्रिय भएकोले कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव , वडा अध्यक्ष रामनाथ पण्डित लगायत स्थानीयबासी , बुद्धिजीवी , समाजसेवी लगायत , संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको स्थानियलाई उद्दृद गर्दै परीक्षार्थी पत्रकार देब कुमार महतोले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤