लहान नगरपालिकामा थालियो बृहत सरसफाई अभियान

  • साउन २१, २०७९
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २१ । सिराहाको लहान नगरपालिका भित्रका बस्तीहरूमा अत्याधिक फोहोर जम्मा भएर नगरको वातावरण दुर्गन्धित बन्दै गएको अवस्थामा बृहत नगर सरसफाई अभियान थालिएको छ ।

नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमूख आतिथ्यमा आयोजित सरसफाई अभियान अन्तर्गत " सरसफाइ गरौं , सभ्यताको परिचय देऊ'' भन्ने मूल नाराका साथ लहान नगरपालिकाकाे वडा नम्बर - ४ को मुख्य बस्तीबाट अभियानको सुरुवात गरिएको वीरेन्द्र यादबले जनाएका छन् । अभियानको सुरुवातमा मेयर चौधरीले समाजका लागि अशल कामको सुरुवात आफैबाट गर्नुपर्ने धारणा राख्दै स्थानीयबासीको सहयोगमा महिनाको १५ / १५ दिनमा नगरको टोल बस्तीमा सरसफाइ हुनुपर्नेमा जोड दिनुभएको छ ।

नगर सरसफाइमा चौधरीले आफ्नो कार्यकालमा नगरपालिकाबाट सरसफाइ सम्बन्धित जनचेतनामूलक कार्यक्रम सहित कार्यान्वयन गर्न पछि नहट्ने घोषणा गर्नु भएको छ । नगर प्रमूख चौधरीले घरबाट निस्केको फोहोरलाई पहिचान गरी ब्यबस्थापन गर्दै उचित ठाउँमा व्यवस्थापनको वातावरणमा आफनो ध्यान केन्द्रित भएको समेत बताउनु भएको छ । कार्यक्रम जनप्रिय भएकोले कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव , वडा अध्यक्ष रामनाथ पण्डित लगायत स्थानीयबासी , बुद्धिजीवी , समाजसेवी लगायत , संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको स्थानियलाई उद्दृद गर्दै परीक्षार्थी पत्रकार देब कुमार महतोले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

लहानमा खैरो हिरोईन ज ...

रहमुल,लहान ४ पुस । सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढा चौकस्थित फुलवारीमा लागुऔषध बिक्री&nda ...

मिडियालाई स्वतन्त्र, ...

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१