ताजा समाचार

विनोद मण्डल दादागिरी शैलीमा पानीको निकास थुनियो सडक भए खोला फोटो र भिडियो सहित

  • साउन १९, २०७९
  • ११५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १९ । सिराहाको धनगढीमाई ३ कुर्वा हनुमाननगर स्थित लक्ष्मीपुर पतारी सडक खण्डमा रहेको होम पाइपबाट निकास हुने पानीको निकास दादागिरी शैलीमा स्थानियले थुने पछि स्थानिय किसानको जग्गा डुवानमा परेको छ । पानीको निकास सडकको पक्षिमी छेउमा स्थानीयले दादागिरी शैलीमा थुने पछि पूर्वतर्फको खेतमा अत्यधिक पानी जमेर खेत बाझोमा परिणत भएको छ भने होम पाइपको करिब १०० मीटर दक्षिणमा पानीको बहावले मुख्य सडकमा क्षति पुर्याउँदा आवात जावतमा कठिनाई उत्पन्न भइरहेको छ । बाटोमा सामान्य तरिकाले ग्रावेल हालेर खडेरीको समयमा तत्कालीन रूपमा स्थानियको आँखा नगरपालिकाले त छोपे तर साउनको वर्षाले माटो बगाउँदा सडक खोलामा परिणत भएपछि अत्यधिक सवारी साधनहरुको चाप रहेको उक्त सडकमा खोलो बगेको ठाउँमा आएपछि गाडी धकेलेर पार गर्नु पर्ने बाध्यता रहेको पाइन्छ । बाटोको कारण यात्रु चढाउने ओराल्ने झन्झट खेपिरहेका स्थानियले धनगढीमाई नगरपालिकालाई जानकारी गराउँदा पनि खासै ध्यान नदिएको स्थानियको आरोप रहेको छ । उक्त ठाउँमा रहेको होम पाइपबाट पानीको निकास थुन्ने व्यक्तिलाई राजनीतिक सँरक्षण रहेको स्थानियको आरोप समेत रहेको अवस्थामा प्रसासनीक निकायले पानीको निकास खोलेर स्थानिय समस्याको समाधानमा ध्यानाकर्षण गर्न जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤