Siraha Times
ताजा समाचार

हटाइएका करार कर्मचारी द्वारा मसाल जुलुस पर्दर्शन

  • साउन १९, २०७९
  • १२४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ श्रावण - सिरहाको भगवानपुर गाउँपालिकाबाट हटाइएको करार कर्मचारीहरुले पुनः बहालीको माग राखिदै मसला जुलुस पर्द्शन गरेका छन्। स्थानीय सरकारले कुनै लिखित निर्णय नदिई एकासी कर्मचारीहरुलाई हटाउदाँ बिचल्ली भएका छन्। पालिका अध्यक्ष उग्रनारायण यादवलाई एक सप्ताह अगाडि हटाइएका कर्मचारीहरुले पुनः काजमा फर्काउन र म्याद थप गरी करार कर्मचारीहरुलाई कार्यको जिम्मेवारी दिई कार्यसंचालन गर्न आग्रह गरेका थिए। करार कर्मचारी संघर्ष समितिले ७ दिन देखि पालिका अगाडी शान्तिपुर्ण धर्ना देखि विभिन्न किसिमको कार्यक्रमहरु गर्दै आएका छन्।हटाईएका करारका कर्मचारीहरु लाई पाँच राजनीति दल,जसपा,का बेच्न प्रसाद यादव,एकीकृत समाजवादीका चन्द्र नारायण यादव,बहुजन शक्ति पार्टीका रमेन कुमार मंण्डल,जनमत पार्टीका राजीब नायक, माओवादी केन्द्रका आन्न्द कुमार झा लगायत राजनीति दलहरुले आन्दोलन गर्न समर्थन जनाएका हुन्।

स्थानीय सरकार मुर्दा बाद,पुलिस प्रशासन मुर्दा वाद हटाइएका करार कर्मचारीहरुलाई पुनः बहाली गर लगायतका माग राखदै आन्दोलित भएका छन्।आन्दोलन कर्ताहरुलाई राजनीति दलहरुले समर्थ गरिरहेका छन्।बिगत १० दिन देखि निरन्तर कुनै न कुनै कार्यक्रमहरु गर्दै आएका छन्।करारका कर्मचारीहरुले भगवानपुरको मुख्य चौकमा स्थानीय सरकार विरुद्ध टाईर वालेर प्रदर्शन गरेका थिए।पुनः बहाली गरिएन भने निरन्तर तला बन्दी लगायत विभिन्न कार्यक्रम गरिने चेतावनी दिएका छन्।स्थानीय सरकारको पुतला दहन समेत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१