पुर्ण सरसफाइ उन्मुख बनाउन सिरहाको खैरसलवा थान टोल सफा र स्वच्छ टोल घोषणा

  • साउन १४, २०७९
  • १२८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , १४ साउन । ''एक घर एक चर्पी सिरहाको शान , पुर्ण सरसफाइयुक्त जिल्ला बनाउने हाम्रो अभियान'' मुल नारा सहित सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर - ५ खैरसलवा थान टोल आज सफा र स्वच्छ टोल घोषणा भएको छ । नगर प्रमुख डा. नविन कुमार यादवको प्रमुख आतिथ्य र टोल ब्यवस्थापन समितीका अध्यक्ष हरिदेव महतोको अध्यक्षतामा पुर्ण सरसफाइ अभियान अन्तर्गत उक्त टोलको ७४ घरधुरी सफा र स्वच्छ टोल घोषणा गरिएको आयोजक संस्था सबल नेपालका वास अफिसर जिबछ प्रसाद साफीले जानकारी दिनुभयो । नेपाल सरकारको सन् २०३० सम्म मुलुकलाई पुर्ण सरसफाइ उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्यलाई पुरागर्न संस्थाले नगरपालिकाको समन्वयमा नगरमा पुर्ण सरसफाइ अभियान संचालन गरिरहेको अफिसर साफीले बताए ।

WHH को आर्थिक सहयोगमा संचालित कार्यक्रम अन्तर्गत हाल सम्म सिरहा नगरपालिकाको ११ वटा टोल सफा र स्वच्छ टोल घोषणा भैसकेको अर्का वास अफिसर लक्ष्मण मोचीको भनाई रहेको छ । उनले भने, 'सफा र स्वच्छ टोल घोषणा गर्न समुदायले ५ वटा सुचक पालना गर्नुपर्छ । चर्पीको समुचित प्रयोग , व्यक्तिगत सरसफाइ , सुरक्षित पानी , सुरक्षित खाना र घरायसी सरसफाइ ।' समाज , नगरपालिकाका जनप्रतिनिधि लगायत सबैको सामुहिक सहयोग र सहकार्यमा सफा र स्वच्छ टोल घोषणा गर्न सफल भएका हौं,' उनले भने । यता प्रमुख अतिथिको असन्नबाट बोल्दै नगर प्रमुख यादवले पुर्ण सरसफाइ नगरपालिका घोषणा गर्न आफू पछि नहट्ने बताएका थिए । नेपाल खुल्ला दिशा मुक्तक्षेत्र घोषणा भैसकेकाले नेपाल सरकारको लक्ष्य अनुरुप सबै जनाको साथ र सहयोगले आगामी केहिबर्ष भित्रै नगरपालिका लाई पुर्ण सरसफाई युक्त नमुना नगरपालिका बनाउन आफू पहल गर्ने प्रमुख यादवले प्रतिद्धता गरे । अर्को प्रसंगमा उनले पुर्ण सरसफाइ नगर घोषणा गर्न सबल नेपालले गरिरहेको कार्यको प्रसंसा गरेका थिए ।

वडा नम्बर - ५ का वडा अध्यक्ष जागेश्वर यादव , टोल ब्यवस्थापन समिति खैरसलवा थान टोलका अध्यक्ष हरिदेव महतो , सबल नेपालका वास मेन्टर तारणी कुमार यादव, पुजा कुमारी यादव , प्रधानाध्यापक , बुद्धिजीवी , समाजसेवी लगायत स्थानीयको रोहवरमा एक कार्यक्रम बिच खुल्ला मंचमै घोषणा समाहरोह गरिएको थियो । सबल नेपालले जिल्लाको तिन स्थानीय तह सिरहा , कर्जन्हा र कल्याणपुर नगरपालिकामा उक्त कार्यक्रम संचालन गरिरहेको छ । हाल सम्म संस्थाले २५ वटा टोल सफा र स्वच्छ टोल घोषणा गरिसकेको छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१