खसीबाख्रा तस्करी गाउंपालिकाकाे संरक्षण

  • साउन १३, २०७९
  • १३७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु ,साउन १३ । भारतबाट तस्करी भई आउने खसी बाख्रा विजयनगर गाउंपालिकाकाे संलग्नता देखिएकाे छ । कृष्णनगर भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिई लिलाम गरेकाे कुल १४५ गाेटा खसी बिक्री वितरणका लागि विजयनगर गाउंपालिकाले सिफारिस गरेकाे तथ्य बाहिर आएकाे छ । 

 गाउंपालिकाकाे वडा ६ का अध्यक्ष प्रेम बहादुर कलवारले साेही वडाकाे ओमप्रकाश बाख्रा खरिद बिक्रि केन्द्र खजानी संकलन केन्द्रबाट विराज एण्ड विनित सप्लायर्स काठमाडाैंकाे नाममा बिक्रि भैसकेकाे र सम्बन्धित सबै निकायले आवश्यक सहजीकरण गरिदिन सिफारिस गरेका छन ।ओमप्रकाश बाख्रा खरिद बिक्रि केन्द्रले ती १४५ गाेटा खसीलाई विराज एण्ड विनित सप्लायर्सका नाममा साउन १३ गतेकाे बिल नम्बर ३ काटेकाे छ जबकी वडाले एकदिन अगावै साउन १२ गते नै चलानी न २४ काे पत्रमा बिक्रि केन्द्र र सप्लायर्सकाे नाममा उल्लेख गरि सिफारिस गरिसकेकाे छ । बिक्रि केन्द्रले प्रयाेग गरेकाे पान बिलमै १७ लाख साढे ५४ हजारकाे भुक्तानी लिएकाे तथ्य शंकास्पद छ । त्यस्तै एकदिन अगावै वडाले पार्टीको नामसमेत उल्लेख गरि सिफारिस गरेपछि बिल काटिएकाे छ र पशुजन्य बस्तु बिक्रि वितरणका लागि सिफारिस वडाले भन्दा पशु शाखा र पशु क्वारेन्टाइनले गरे सान्दर्भिक हुन्थयाे जुनकी गाउंपालिकाकाे गल्ती देखाउंछ । तर गाउंपालिका प्रमुख गाेपाल बहादुर थापाले हामीले सिफारिस दिन मिल्दैन खसीवालाले कागज किर्ते गरेकाे हुनसक्ने बताए ।

 त्यस्तै यदि सबै खसी गाउंपालिका कै उत्पादन भने भ्याटनेरि डाक्टर विजय घिमिरेले निराेगिता प्रमाणपत्र दिने आवश्यकता किन पर्याे ? तस्ता थुप्रै तथ्यले खसी तस्करी कै हुन र गाउंपालिकाले आफ्नाे उत्पादन देखाई तस्करलाई संरक्षण गरेकाे देखिन्छ ।गाउंपालिकाकाे सिमा भारतकाे बार्डर छाेएकाले विभिन्न गाउंबाट खसी तस्करी व्यापक रुपमा भइरहेकाे छ। गाेप्य सुचनाका आधारमा कृष्णनगर भन्सार टाेलीले ट्रकसहित १४५ गाेटा खसी नियन्त्रणमा लिएकाे र कुल २४ लाख ६५ हजार मुल्यरकम ताेकेर लिलाम गर्ने प्रक्रिया गरिसकेको भन्सार प्रमुख जनार्दन पाैडलले जानकारी दिनुभयाे ।सभार कपिलवस्तु टाइम्स डटकम l

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१