Siraha Times
ताजा समाचार

कार्यकर्ता होइन क्वालिटी दिने खालका युवा शिक्षक नियुक्त हुन्छन् ः गाउँपालिका अध्यक्ष थापा

  • साउन ११, २०७९
  • ७९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु साउन १२ गते कपिलवस्तुको विजयनगर गाउँपालिकाले करारमा नियुक्त गरेका शिक्षकको करार अवधी थप नगर्ने निणर्य गरेको छ । पालिकाले अभाव शिक्षक दरवन्दी पूर्ति गर्न स्वयसेवक शिक्षकको व्यवस्था गरेको थियो । पालिकाले कार्यविधी बनाई ५१ जना शिक्षक नियुक्त गरेको थियो । स्थानीयलाई प्राथमिकता दिँदा अधिकांश शिक्षक अध्यापन अनुमती पत्र नभएका नियुक्त गरेको थियो । पालिकाको शिक्षाको गुणस्तरमा सुधार नभए पछि पालिकाले नया नीति लिएको बताइएको छ । जस अन्तर्गत पालिका भित्रको शैक्षिक दरवन्दी मिलान, प्रधानाध्यापक सँग सुधारका लागि छलफल, दरवन्दी अपुग भएका विद्यालयमा कुशल शिक्षक नियुक्त गर्ने योजना बनाएको छ । सामाजिक सञ्जालमा विजयनगर गाउँपालिकाले कार्यकर्ता नियुक्त गर्न लाग्यो भनेर आरोप लगाएका छन् । तर नगरपालिकाले कार्यकर्ता नभएर कुशल शिक्षक तथा कर्मचारीलाई कार्यविधि निर्माण गरी नियुक्त गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।

अव नियुक्त हुने शिक्षकलाई पालिकाले करार सम्झौता गरी शिक्षामा सुधारका लागि सर्त समेत दिइने बताइएको छ । निश्पक्ष तरिकाले युवा र शिक्षण अध्यापन शैली भएका क्वालिटी दिने खालका शिक्षक प्राथमिकतामा पर्ने बताइएको छ । गाउँपालिकामा शिक्षाको अवस्था खस्किँदै गएको भन्दै पालिकाको सार्वजनिक सुनुवाइमा समेत आवाज उठको थियो । सार्वजनिक सुनुवाइमा टेक बहादुर भण्डारी, बालजी प्रसाद चौधरीले शिक्षाको गुणस्तर खस्किएको गुनासो गर्नु भएको थियो । सो कार्यक्रममा अध्यक्ष थापाले शिक्षाको गुणस्तर सुधारका लागि योजना बनाउने बताउनु भएको थियो । पालिकालाई शिक्षक विद्यार्थी अनुपात अनुसार ६५जना थप शिक्षकको आवश्यकता परेको शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले बताउनु भयो । नया विज्ञापन अनुसार शिक्षण अनुमती पत्र समेत अनिवार्य गरिएको छ । पालिकाले प्राथमिक तहको लागि १५ हजार ७ सय निमावि तह १८ हजार र माध्यमिक तहको लागि २२ हजार तलब स्केल समेत निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१