Siraha Times
ताजा समाचार

मेयर चौधरीद्वारा लहानमा जिम खानाको उदघाटन

  • साउन ८, २०७९
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ श्रावण - लहानका मेयर महेश प्रसाद चौधरीले धार्मिक प्रमपरा अनुसार आइतबार जिम खानाको उदघाटन गरेका छन्।शारीरिक रुपले स्वस्थ रहन लहानमा २० लाखको लागतमा जिम खाना संचालनमा आएका छन्। विभिन्न रोगको सिकार बन्न बाट जोगिन लहान बासीका लागी नगरपालिकाले पशुपति आदर्श उच्च माध्यमिक बिधालयको सभा हलमा जिम खाना संचालन गरेका छन्।उदघाटन कार्यक्रममा मेयर महेश प्रसाद चौधरीले रिवन काटेर उदघाटन गरेका हुन्। उदघाटन कार्यक्रममा लहान नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राम दयाल महतो,लहान ७ अध्यक्ष राम औतार शर्मा नेपाल पत्रकार महासंघ सिरहा सखाका सभापति मनोज बनैता,पशुपति आदर्श उच्च माध्यमिक बिधालयका प्रधान अध्यापक डा.महेन्द्र प्रसाद चौधरी लगायत दर्जनौं मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो। लहानका हरेक बर्ग समुदायका ब्यक्तीहरुले शारीरिक रुपमा ब्यामको लाभ लियोस र हरेक ब्यक्ती शारीरिक रुपले स्वास्थ रहुन भने उदेश्यले जिम खाना संचालनमा ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१