ताजा समाचार

घरेलु एम्बुलेन्स मार्फत बिरामीको उपचार

  • साउन ८, २०७९
  • १३६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं १४ मा वर्षाको समयमा घरेलु एम्बुलेन्स अर्थात् झोलुङ्गेमार्फत बिरामीको उपचारमा लाने चलन यथावत रहेको पाइन्छ । दुर्गम बस्तीको रूपमा परिचित दलमे, खुट्टी, महाजनी, मैनी खोला , गागन लगायतको बस्तीहरूमा बाटोघाटोको अभाबको कारण मानविय जीवन वर्षाकालमा कष्टमय हुने गरेको स्थानियले बताएका छन् । 

पूर्वपक्षीम राजमार्ग देखि करिब २० किलोमीटरको दूरीमा रहेको यस ठाउँमा भएको बाटोघाटोलाई बर्सेनि बाढी पानीले बगाउँदा करिब ४ महिनासम्म यहाँका जनताले कष्टमय जीवन बिताउने गरेको छ । सामान्य बिरामी पर्दा पनि औषधी अभावमा स्थानियहरुले स्थानिय बजार धनगढीसम्म आइपुग्न करिब ४ घण्टाको पैदल यात्रा तय गर्नुपर्ने बाध्यता रहेको पाइन्छ । जिरोमाईल देखि हाथीढुङ्गा सम्म बनाइएको बाटोको कालोपत्रे र मर्मत सम्भार नहुँदा स्थानियले सास्ती भोग्न विवस भएको छ । सडकलाई वर्षाले असर गर्दा संभावित जोखिमबाट बच्न केवल मानविय साधन नै एक मात्र विकल्प रहेकाे हुनाले स्थानीयमा बिगतमा रहिआएको सास्तीमा कमी आएको छैन । 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤