ताजा समाचार

भगवानपुर गाउँपलिकामा करारको कर्मचारीलाई पुनः काजमा फर्काउन पाँच दलको माग

  • साउन ६, २०७९
  • १५७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ श्रावण - सिरहाको भगवानपुर गाउँपालिकामा कार्यरत रहेका करारका कर्मचारीहरुद्वारा पालिका घेराउ गरेका छन्।२०७४ को स्थानीय निर्वाचन पश्चात् पुर्व गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले पालिकामा अपुग रहेको कर्मचारी पदपुर्तीको लागी अध्यक्ष यादवले पालिकामा बोडको बैठक बसी सरकारी निति नियम अनुसार कर्मचारी भर्ना गरेका थिए। २०७९ को निर्वाचन पस्चात नवनिर्वाचित पालिका अध्यक्ष उग्रनारायण यादवको सरकारले ३९ जना करार कर्मचारी मध्ये बाट १४ जनालाई राखीएको छ् र बाकी २५ जनालाई हटाईएको छ्। हटाइएको करार कर्मचारीहरुद्वारा पालिका घेराउ र पुनः काजमा फर्काउन पालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन्।

उक्त कर्मचारीहरुलाई पुनः राखन जसपा नेपाल का नेता बेच्न प्रसाद यादव,एकीकृत समाजवादीका नेता चन्द्र नारायण यादव, बहुजन शक्ति पार्टीका रमेन कुमार मंण्डल,जनमत पार्टीका नेता राजीब नायक,माओवादी केन्द्रका नेता आन्न्द कुमार झाले पाँच दलिय बैठक बसी संयुक्त रूपमा ज्ञापन पत्रमा हस्ताक्षर गरि कटाइएको करार कर्मचारीहरुलाई पुनः काजमा फर्काउन अध्यक्ष यादवलाई ज्ञापन पत्र बुझाएका छन् । पालिकाबाट हटाइएका करारका कर्मचारीहरुले पालिका घेराउ गरि पुनः काजमा न फर्काए हामी चरन्बध आन्दोलनमा जाने पालिकालाई चेतावनी दिएका छन्। यता पालिका अध्यक्ष उग्रनारायण यादवले पत्र बुझदै आफुले बोर्डको बैठक बसी एक हप्ता भित्र आवश्यकता अनुसारको कर्मचारी राख्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤