ताजा समाचार

भगवानपुर गाउँपालिकाको वाडा नम्बर २ को कार्यालय बन्द सेवाग्राहीलाई सास्ती

  • साउन ३, २०७९
  • १४३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३ श्रावण - सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर २ मा सार्बजनिक बिदाको दिन बाहेक पनि वाडा कार्यालय बन्द रहेको स्थानीय श्रवण कुमार पासवानले बताए। मंगलबार पत्रकारहरुको टोलिले चाडके रिपोर्टिङमा जादा वाडा कार्यालयको अगाडि सेवा ग्राहीहरु काम गराउन बिहानै १० बजे देखि भिड लागेको छ्। दिउँसो १ बजेको सम्म कार्यालय नखुलेको सेवाग्राहीको गुनासो रहेको छ। वाडा सचिब बिनोद कुमार यादव र वाडा अध्यक्ष सुर्य नारायण यादव समेत कार्यालयमा नरहेको स्थानीयले बताए। सरकारी सेवा सुबिधा खाने कर्मचारी समेत कर्यालयमा उपस्थिति नरहेको र १ बजे सम्म पुर्ण रूपमा वाडा कार्यालय बन्द रहेको थियो। दर्जनौं सेवा ग्राहीहरु काम गराउन वाडा कार्यालयमा अगाडि कुरर बसेका थिए।जनप्रतिनिधि र कर्मचारीहरुले सेवा ग्राहीहरुलाई दुख दिने काम मात्र गरेको स्थानीयले बताए। वाडा अध्यक्ष सुर्य नारायण यादव नेपाल सरकारको पुर्व अबकास प्रहरी निरीक्षक समेत रहनु भएको हो। यस्तो अवस्था रहियो भने नेपालमा समृद्ध र बिकास गर्न कठिन रहेको बताए।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤