भगवानपुर गाउँपालिकाको वाडा नम्बर २ को कार्यालय बन्द सेवाग्राहीलाई सास्ती

  • साउन ३, २०७९
  • ११८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३ श्रावण - सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर २ मा सार्बजनिक बिदाको दिन बाहेक पनि वाडा कार्यालय बन्द रहेको स्थानीय श्रवण कुमार पासवानले बताए। मंगलबार पत्रकारहरुको टोलिले चाडके रिपोर्टिङमा जादा वाडा कार्यालयको अगाडि सेवा ग्राहीहरु काम गराउन बिहानै १० बजे देखि भिड लागेको छ्। दिउँसो १ बजेको सम्म कार्यालय नखुलेको सेवाग्राहीको गुनासो रहेको छ। वाडा सचिब बिनोद कुमार यादव र वाडा अध्यक्ष सुर्य नारायण यादव समेत कार्यालयमा नरहेको स्थानीयले बताए। सरकारी सेवा सुबिधा खाने कर्मचारी समेत कर्यालयमा उपस्थिति नरहेको र १ बजे सम्म पुर्ण रूपमा वाडा कार्यालय बन्द रहेको थियो। दर्जनौं सेवा ग्राहीहरु काम गराउन वाडा कार्यालयमा अगाडि कुरर बसेका थिए।जनप्रतिनिधि र कर्मचारीहरुले सेवा ग्राहीहरुलाई दुख दिने काम मात्र गरेको स्थानीयले बताए। वाडा अध्यक्ष सुर्य नारायण यादव नेपाल सरकारको पुर्व अबकास प्रहरी निरीक्षक समेत रहनु भएको हो। यस्तो अवस्था रहियो भने नेपालमा समृद्ध र बिकास गर्न कठिन रहेको बताए।

प्रतिक्रिया दिनुहोस

लहान रा.उ.अस्पताल जग ...

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पता ...

जसपा नेपाल क्षेत्रीय ...

ओम प्रकाश यादव लहान मंसिर २९ । जनता समाजवादी पार्टी सिरहा जिल्लाका मेहिनेती नेता रामु महतो क्षेत्रीय ...

कृष्णनगरमा राष्ट्रीय ...

रवि प्रकाश कसौधन, कृष्णनगर, मंसिर २८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजात ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१