आगलागी पीडित ,पत्नी शोकमा रहेका अतिबिपन्न परिवारलाई राहत सहयोग

  • साउन २, २०७९
  • १२२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

देबराज पोखरेल / महेश सिंह महतो लहान २ श्रावण - सिरहाको लहान नगरपालिका वडा नं. १६, तरेगानाका आगलागी पीडित भुवन महतोलाई जिल्ला समन्वय समिति सिरहाको पहलमा रेकर्ड क्रसको आर्थिक सहयोग र लहान नगरपालिकाको सहकार्य र समन्वयमा लहान १६ तरेगनाका आगलागी पीडित भुवन महतो र लहान २४ गोबिन्दपुरका असहाय एकल महिला वैदेशिक रोजगारमा श्रीमान गुमाएका ललिता राय लाई राहत सहयोग गरेका छन्। पीडित महिला ललिता रायको पुसको घरलाई केहि महिना अगाडी आएको हुरीबताले घर भतका थिए।श्रीमानको शोकमा डुबेका ललिता रायलाई हुरीबतासले घर भतकाएर पछि थप चिन्ता थपिएका छन्। लहान १६ तरेगनाका आगलागी पीडित र लहान २४ गोबिन्दपुरका श्रीमान गुमाएकी ललिता रायलाई जिल्ला समन्वय समिति सिरहाको पहलमा रेडक्रस सिरहाको आर्थिक सहयोग र लहान नगरपालिकाको समन्वय र सहकार्यमा राहत सहयोग गरीएका छन्।

Open photo

जिल्ला समन्वय समितिका सभापति दिनेश महतो उपसभापति दिलिप लामा लहान नगरपालिकाका उप- मेयर राम चलितर महतोलहान २४ का वाडा अध्यक्ष रासलाल राय,जसपा नेत्री ललिता दास बिद्रोही,बिनिता यादव नेता रामु महतो,सुभक यादव,बलिराम यादव,पत्रकार देवराज पोखरेल, महेश सिंह महतो,बिरेन्द्र यादव लगायतका ब्यक्तीहरुको सहभागितामा राहत वितरण गरीएका छन्। लहान १६ तरेगनाका भुवन महतोले बिगत लामो समय देखि गाउँकै एकान्त ऐलानी पर्तिमा घर बानाएर बस्दै आएका छन्। अन्दाजी ४३ वर्षिय भुवन महतोले सानो फुसको झुप्रो घर बनाएर बस्दै आएका स्थानीयहरुले बताए। महतोको आफनो निजि जग्गा जमिन न हुँदा ऐलानी जग्गामा घर बनाएर ज्याला मजदुरी गरेर जिबिको पार्जन गर्दै आएका छन्। करिव तीन महिनाअघि आफ्नो बस्ने थलोको रूपमा गाउँकै एकान्त ऐलानी पर्तिमा रहेको एउटा सानो झुप्रो घर करिव तीन महिनाअघि आगलागीमा परेर घर गुमाएका छन्।

Open photo

खोल्सीको छेउमा रहेको झुप्रो घर गुमाउनु परेपछि गाउँलेको सहयोग र रातदिनको मेहनतले खोल्सीको डिलमा अर्को सानो झुप्रो बनाएर बस्न थाले । खरले छाएको पानी चुहिने झुप्रो घरमा आफू,पत्नी र चार लालाबाला सहित हाँसी खुशी बस्दै आएका महतोका पत्नीले मुटुको समस्याका कारण गतहप्ता मृत्युवरण गर्न बाध्य भईन् । एकातिर पत्नीको शोक अर्कोतिर चार बालकको रेखदेखको जिम्मेवारीले सताईरहेको महतोलाई एकान्तमा रहेको चुहिने झुप्रो घर अर्को पीडा थपिरहेको छ।बर्षे मौसममा पानीबाट लाग्ने ठाउँसम्म नरहेपछि अहिले उनी त्यही झुप्रो घर पनि छोडेर नजिकै आफन्तजनकहाँ आश्रय लिन बाध्य भएका छन्। बच्चाहरूको पालनपोषण र आफ्नो जीवन धान्ननै मुश्किल भईरहेको बेला घर कसरी बनाउनु ? पत्नी शोकमा रहेका महतोले आफ्नो पीडा सुनाउँदै सहयोगका लागि आग्रह समेत गरे ।यसैक्रममा नेपाल रेडक्रस सोसाइटीले जिल्ला समन्वय समिति मार्फत साउन १ गतेका दिन १० हजार रूपैया बराबरको लत्ता कपडा र भाँडाकुँडा सहयोग गरेको छ।

Open photo

यसअघि लहान नगरपालिकाबाट खाधान्न सामग्री उपलब्ध गराईएको नपाका उपप्रमुख रामचलित महतोले जनाए । एकातिर आगजनीबाट घरबार गुमाउनु परेको कष्ट सेलाउन नपाउँदै पत्नी शोकको पीडामा रहेका महतोको लागि अरू पनि सहयोगको खाँचो रहेको सरोकारवालाहरू बताउँछन्। सोही क्रममा मानवअधिकार संजाल सिरहाका संयोजक एवं मानवअधिकार एलाइन्स सिरहाका अध्यक्ष देवराज पोखरेलद्वारा लहान नपाका उपप्रमुख रामचलित महतो मार्फत पीडित परिवारलाई खाधान्नको लागि एक हजार रूपैया सहयोग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१