ताजा समाचार

सिरहा सेवा समिति कतारद्वारा राजदूत ढकालसङ्ग शिष्टाचार भेट

  • साउन २, २०७९
  • ११२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा कतार, २ श्रावण -  कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हालेसँगै विभिन्न सङ्घसंस्था तथा कूटनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।सोमबार भेटघाटको क्रममा दूतावासमा सिरहा सेवा समिति कतारले महामहिमसँग भेटघाट, स्वागत एवं परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष जिबछ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजदूतावासका  प्रमुख अतिथि महामहिम डा. नरेश विक्रम ढकाल नियोगका अन्य विशिष्ट व्यक्तित्वहरू, समितिका संस्थापक, सल्लाहकारलगायत कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।

भेटघाटमा कतारमा नेपाली संघसंस्थाहरुको भूमिका र श्रमिकहरूको अवस्थाबारे जानकारी गराइएको थियो । राजदूत ढकालले आफू दोहाको लागि नयाँ भए पनि यहाँ कार्यरत सम्पूर्ण नेपाली सङ्घसंस्थाका अगुवाहरूसँग समान रूपले सहकार्य गरेर आफ्नो कार्यकाल उपलब्धीमूलक बनाउने प्रतिबद्धता व्यक्त गरे । नियोगका उपउपप्रमुख लक्षमण खनाल र द्वितीय सचीव प्रवीण भट्टराईले सिरहा सेवा समितिले दूतावासका हरेक क्रियाकलापमा सकारात्मक रचनात्मक भुमिका निभाएको भनी प्रसंशा गरेका थिए

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤