ताजा समाचार

हेल्प मधेसी कतारका नवनिर्वाचित कार्यसमिति गठन तथा शपथ ग्रहण

  • असार ३२, २०७९
  • १३८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम : दोहा जुलाई १६-"हेल्प मधेसी कतार च्यापटरको" नवनिर्वाचित कार्यसमितिलाई संस्थापक सदस्य गोविन्द झाले गत शुक्रबार एक कार्यक्रमको आयोजना गरि पद तथा गोपनियता का सपथ ग्रहण गराएका छ्न सनैयाको "एसियन टाउन स्थित द ग्रेट एसियन रेस्टुरेन्टमा" नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन। रामकुमार यादवको नेतृत्वमा गत हप्ता चयन गरिएको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष शिवकुमार महतो,र विशेश्वर यादव,तथा उपाध्यक्षहरुमा विरेन्द्र मण्डल, लालबाबु साह, देवेन्द्र कुमार ठाकुर, इसिलाल पण्डित, मन्दिप महतो, रमेश कुमार यादव रहेका छ्न ।

47ae1e1d-4aa9-4349-b70b-95265e5ef0aa

त्यसैगरि महासचिवमा प्रदिप ठाकुर ,सचीवहरुमा गङ्गा प्रसाद यादव, राजा साह, अभिमन्नु यादव, भागरथ कुमार यादव, अमरनाथ साह, रामबाबू साहलाई चयन भएका छ्न । कोषाध्यक्षमा सन्तोष कुमार साह एवं सह कोषाध्यक्षमा रामकुमार यादव र देवनारायण महतो, मिडिया संयोजकमा ओम प्रकाश यादव र रामएकवाल रामलाई चयन गरिएका थियो । नयाँ कार्यसमितिको सदस्यहरुमा कमलेश महतो, अबधेश कुमार मण्डल, राजेश्वर मण्डल , बृज देव साह, सत्य नारायण राय, विनोद शर्मा, विजय कुमार राउत, पवन कुमार मण्डल, रामप्रकाश यादव, तेज नारायण यादव, शिव कुमार शाफी , विरेन्द्र कुमार यादव, राजकुमार ठाकुर , विन्देश्वर ठाकुर उत्तम कुमार मण्डल , संजय कुमार दास, संजीव कुमार साह, लालबाबु महतोलाई चयन गरिको थियो भने सल्लाहकारहरुमा जय किशोर मण्डल लक्ष्मीनारायण मण्डल, मनराम यादव( मनिष ) जमिर नदाफ, जिबछ यादव रहेका छ्न ।

सपथ ग्रहण समारोहमा संस्थाका नवनिर्वाचित पदाधिकारीहरु, सल्लाहकारहरु, साथै पत्रकारहरुको पनि उपस्थिति रहेको भुतपुर्व अध्यक्ष रामकल्याण महतोले बताए। कार्यक्रममा बोल्दै सल्लाहकार मनिष यादवले तेस्रो सधारण सभाबाट चयन भएका सम्पूर्ण पदाधिकारीकरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। भुतपुर्व अध्यक्ष रामकल्याण महतो संस्थापक सदस्य सर्युग यादव अन्तर्राष्ट्रिय संयोजक पवन ठाकुर इन्जिनियर सतिश कुमार यादवल लगायत वक्ताहरुले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए।
नयाँ अध्यक्ष रामकुमार यादवले संस्थालाई अगाडि बढाउन कुनै पनि कसुर नराख्ने बताउदै लोप हुन लागेको हाम्रो संस्कृती हाम्रो पहिचान म्युजियम संग्रहालय,संस्थालाई मधेसको २२ वटै जिल्लामा विस्तार गर्नुपर्नेमा जोड दिए ।


"हेल्प मधेशीको" नाममा एउटा् विद्यालय साथै मधेसका अस्पतालहरुमा बेडको सहयोग, एम्बुलेन्स साथै अरु थुप्रै सामाजीक कार्यहरुमा आफ्नो ध्यान जाने बताए । नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा विभिन्न आन्दोलनमा सहिद प्राप्त गरेका सहिदहरुप्रति १ मिनेट मौन धारण गरिएको थियो।कार्यक्रमलाई समापन गर्दै सभाअध्यक्ष झाले सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई आफ्नो कार्यकालमा साथ सहयोग गर्ने सम्पुर्णमा आभार प्रकट गरेका थिए ।संस्थाको महासचिव प्रदिप कुमार ठाकुरले शहजिकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤