Siraha Times
ताजा समाचार

भारतद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग

  • असार ३१, २०७९
  • १०५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जगत ठाडा मगर काठमाडौं । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।   नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज बिहान गृहमन्त्रालयमा एक समारोहबीच भारतीय जनता र भारत सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । भारतले नेपाललाई तीन हजार थान टेन्ट र १० थान ‘रबर बोट’ उपलब्ध गराएको हो ।   हस्तान्तरण समारोहमा बोल्दै गृहमन्त्री खाणले प्राकृतिक प्रकोप प्रभावितहरूका लागि प्राप्त सहयोगप्रति भारतीय जनता र त्यहाँको सरकारलाई धन्यवाद दिए । नेपाल बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको भन्दै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।   कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले मनसुनको सुरुवातमा राहत सामग्री हस्तान्तरण गर्न पाएकोमा खुसी जनाउँदै आउँदा दिनमा पनि थप सहायता गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१