कपिलवस्तु विजयनगरमा कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण

  • असार १४, २०७९
  • ७९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत कपिलवस्तु विजयनगरमा कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । विजयनगर गाउँपालिका ले सबैमा समता हुनुको साथै शिक्षामा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले यो अभियान संचालन ल्याएको शिक्षा शाखा अधिकृत हरिहर बेल्बासेले जानकारी दिनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोपाल बहादुर थापाले पालिका भित्र पढ्ने सबै दलित बालबालिकाको शुल्क अगामि आर्थिक वर्ष देखि गाउँपालिकाले तिर्ने बताउनु भएको छ ।

उच्च शिक्षा हासिल गर्न दलित समुदायको बालबालिकामा लाग्ने खर्चमा गाउँपालिकाको दायित्व रहने थापाले बताउनु भयो । गाउँ पालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले दलित समुदायको छात्रछात्राहरुलाई छात्रवृत्ति कार्यले समाजमा समता ल्याउने बताउनु भयो । माथिल्लो कक्षा सम्म पुग्ग पुग्दै आर्थिक अभावले बीचमै कक्षा छोडेर जाने प्रवृतिले उच्च शिक्षामा कमि रहेकोले यस कार्यले थप सहयोग पुग्ने विस्वास लिएको चौधरीले दावी गर्नुभयो । सामाजिक विकास संयोजक दिनेश कुमार चौधरीले शिक्षा बाट बन्चित नहुनको लागि यो अभियानलाई निरन्तरता दिने बताउनु भयो । विजयनगरमा छात्रा प्रोत्साहन अन्तर्गत साइकल वितरण तथा स्टेशनरी,सुरक्षित प्रसुति सेवामा विमा लगाएत विभिन्न कार्य गर्दै आइरहेकोे चौधरीले बताउनु भयो ।पालिका द्वारा प्रदान गरिएको दलित छात्रवृत्ति कक्षा ११ र १२ पढ्ने ६५ जनालाई जनही प्रति विद्यार्थीलाई ३ हजार ६ सय का दर २ लाख ४३ हजार को चेक कक्षा १२ सम्म संचालित ३ वटा माध्यमिक विद्यालयलाईको प्रधानाध्यापक लाई हस्तान्तरण गरिएको शिक्षा शाखाले जनाएको छ ।

हरेक क्षेत्रमा पछाडी रहेकोे दलित समुदायलाई माथि उठाउन विजयनगरमा पैरवी गर्दै आइरहेको नेपाल उत्पीडित जातीय मुक्ति समाज अध्यक्ष तौलेश्वर खटिकको विशेष पहल दलित छात्रवृत्ति वितरण कार्यको थालनी भएको छ । कार्यक्रममा दुधाधारी मावि का प्रधानाध्यापक सुग्रीव प्रसाद कोरी,विद्यार्थी उमा सुनार र लौटन राम द्रोपदी देवी माविका विद्यार्थी विजय कुमार धोवीले समेत सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१