राजीनामा दिएकी शिक्षिकालाई पुन हाजिर गराएको भन्दै स्थानीयद्वारा मा.वि. बरमझियामा तालाबन्दी

  • असार १४, २०७९
  • २१९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

असार १४ गते । माध्यमिक विद्यालय बरमझियाका प्रधानाध्यापकले राजीनामा गरि सकेकी शिक्षिकालाई पुन विद्यालयमा हाजिरी गराएको भन्दै स्थानीयबासीहरुले आज बिद्यालयमा तालाबन्दी गरेका छन् । प्रअ राजदेव यादव आर्थिक प्रलोभनमा परि स्वच्छीक राजीनामा दिएका शिक्षिका रेखा यादवलाई पुन हाजिरी गराइ कामकाजमा लगाएको विरुद्धमा स्थानीय बासी आन्दोलित भएको हो । स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा उमेदबार बनेकी रेखा यादवले बैसाख ८ गते राजीनामा दिएका थिए । विद्यालयमा प्रत्यक्ष राजनीति हुने गरेकोले पठनपाठनमा असर परेको स्थानीयबासीहरुले बताउने गरेका छन् । त्यतिकै पनि विद्यालयमा शिक्षिकको अभाव रहेको छ । केही शिक्षकहरुले खुल्ला राजनितिक गरिरहेको कारण विद्यालयको शैक्षिक अवस्थामा नकारात्मक प्रभाव परेको वडा अध्यक्ष नन्दकिशोर यादवले बताए । अपुग शिक्षक र विभिन्न राजनीतिक उथलपुथलको कारण विद्यालयमा पुर्ण कक्षा संचलान हुन नसकेको विद्यार्थीहरुको गुनासो रहेको छ ।

Open photo

माध्यमिक विद्यालय बरमझियामा रेखा यादव प्रा.वि. राहत तृतीय श्रेणी पदमा कार्यरत रहेका थिए । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा शिक्षिका रेखा यादवले विद्यालयको प्रधानाध्यापकलाई संवोधन गर्दै मिति ०७९ बैसाख ८ गते घरायसी कारण देखाइ राजीनामा दिएको थियो । राजिनामा पत्रमा प्रधानाध्यापक राजदेव यादवले तोक लगाइएको अवस्थामा मिति ०७९ बैसाख ८ गते नै दर्ता गरि राखिएको देखिन्छ । दर्ता नं. २१ रहेको दर्ता किताबबाट देखिन्छ । मिति ०७९ बैसाख ९ गते देखि लागू हुने गरि प्र.अ. राजदेव यादवले राजिनामा स्वीकृत गरिएको मिति ०७९ बैसाख ९ गते पं.सं. २०७८÷०७९ च. नं. ६२ को पत्र रेखा यादवको नाममा पठाएको देखिन्छ । उक्त पत्रको वोदार्थमा जिल्ला शिक्षा विकास समन्वय इकाई धनुषा र गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार उल्लेख गरिएको छ । ती सक्कल राजिनामा पत्र र सक्कल स्वीकृत गरिएको पत्र र सक्कल दर्ता चलानी किताब समेत लुकाएर राखेको र रेखा यादवलाइ पुनः विद्यालयमा हाजिरी गराइ कामकाजमा लगाइएकोले विद्यार्थी तथा स्थानीयबासी केही दिन देखि आन्दोलित भएका छन् ।

Open photo

वडा कार्यालयले ०७९ असार २ गते नागरिकको गुनासो तथा समस्या पहिचानको लागि राखिएको बैठकबाट राजीनामा गरिसकेकी शिक्षिका रेखा यादवलाई प्र.अ. राजदेव यादवले पुन हाजिरी गराइ कामकाजमा लगाएको जनगुनासो प्राप्त भएको आधारमा शिक्षिका रेखा यादवको विषयमा आवश्यक छानवीन गरि कारवाहीको लागि नगरपालिकाको कार्यालयमा सिफारिस पठाए पनि हालसम्म मेयर जितनारायण यादव, उपमेयर तुल्सा पाण्डे पटेल र प्रमुख प्रशासकीय अधिकृत लखनदेव यादवले कुनै चासो नराखेको वडा अध्यक्ष नन्दकिशोर यादवले गुनासो गरे ।

Open photo

शिक्षिा जस्तो संवेदनशिल विषयमा पनि जिल्ला शिक्षा विकास समन्वय इकाइ धनुषा र नगरपालिकाको कार्यालयले कुनै प्रकारको प्रतिक्रिया नजनाउनु कतै न कतै यीनीहरुको मिलोमतो रहेको त छैन ? भन्ने प्रश्न अभिभावकहरुले गरिरहेको छ । यस प्रकारले मन लागेको खण्डमा चुनाव लड्नलाई राजीनामा दिने र चुनाव सकेपछि पुन राजीनामा फिर्ता लिइ शिक्षण पेशामा जाने हो भने सवै शिक्षक कर्मचारीहरुलाई सरकारले यस्तै कानून निमार्ण गरि लागु गर्दा हुन्थ्यो होला ।

प्रतिक्रिया दिनुहोस

उपप्रधानमन्त्री यादव ...

 लहान चैत्र १६ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य ...

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१