ताजा समाचार

एनआरएनए कतारद्वारा नि:शुल्क स्वास्थ परिक्षण २ सय भन्दा बढीले गरए जाँच

  • असार ११, २०७९
  • १११९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा जुन २५ – कतारमा २ सय बढीको नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले आयोजना गरेको कार्यक्रममा २ सय बढीको नेपालीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए। कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको लागि लक्षित गरी गत शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम एसियन मेडिकल सेन्टर वकरामा बिहान ८ देखि सुरु भएर दिनको २ बजेसम्म सञ्चालन भएको थियो ।

स्वास्थ्य परीक्षणमा १५ जना विशेषज्ञ डाक्टरसहितको टिमले स्वास्थ्य परामर्श, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, बिएमआइ (उचाइ र तौलको अनुपात) लगायतका स्वास्थ्य सेवा रहेको अध्यक्ष मुसलमानले बताए। स्वास्थ्य परीक्षण कार्यक्रममा एनआरएनए आइसिसीका पदाधिकारीहरू सहित नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनाल, लेबर कन्सुलर कृष्ण खनाल,दूतावासका द्वितीय सचिव प्रवीण भट्टराई लगायतको उपस्थिति रहेको थियो । एनआरएनए कतारले यहाँ कार्यरत नेपाली कामदारहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न समयमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै श्रमिक सचेतना ,महिला स्वास्थ्य समस्या सम्बन्धी सचेतना र रेमिटेन्स तथा बैकिङ्ग साक्षरता सम्बन्धी अभिमुखीकरण लगायतका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤