Siraha Times
ताजा समाचार

विश्वका ५ देश जहाँ एउटा पनि विमानस्थल छैन

  • जेठ १७, २०७९
  • १०३८ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी -  अहिले संसारका सबैजसो देशले निकै प्रगति गरिसकेका छन् । मानिसको जीवनशैली निकै आधुनिक बनिसकेको छ । विश्वमा मानिसहरुको आवागमन बढ्दै जाँदा विमानस्थल तथा आकाशमा उड्ने विमानहरुको संख्या पनि बढिरहेको छ । तर यस्तो बेला दुनियाँमा केही यस्ता देश पनि छन् जहाँ एउटा पनि विमानस्थल छैन ।

मुलुकमा एउटा पनि विमानस्थल नभएका विश्वका ५ देश यी हुन् :

एन्डोरा : ४६८ वर्ग किलोमिटरमा फैलिएको एन्डोरामा एउटा पनि एयरपोर्ट छैन । तर यहाँ तीनवटा निजी हेलिपोर्टहरु छन् । एउटा हेलिपोर्ट अस्पतालको हो । जनसंख्या र क्षेत्रफलको हिसाबले एन्डोरा विमानस्थल नभएको सबैभन्दा ठूलो देश हो । यहाँका मानिसहरु बस र ट्रेनबाट यात्रा गर्दछन् । यहाँबाट हवाई जहाज चढ्न १२ किलोमिटर टाढा स्पेनको एन्डोरा–ला सेउ डि’उर्गेल एयरपोर्टमा पुग्नुपर्छ ।

मोनाको : पश्चिमी युरोपमा अवस्थित क्षेत्रफलको हिसाबले विश्वकै दोस्रो सानो देश हो मोनाको । फ्रान्स र इटालीको बीचमा रहेको यो देश निकै धनी छ, तर यहाँ हालसम्म एउटा पनि विमानस्थल छैन ।

भ्याटिकन सिटी : विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटीको क्षेत्रफल ०.४४ वर्गकिलोमिटर मात्रै छ । यति थोरै क्षेत्रफल भएको यो मुलुक इटालीको बीचमा छ । क्षेत्रफलको अभावमा यहाँ कुनै पनि एयरपोर्ट छैन र मानिसहरु भ्याटिकन सिटी जानका लागि सबैभन्दा नजिकको एयरपोर्ट इटालीको रोम हो ।

सान मारिनो : संसारमा एयरपोर्ट नभएका मुलुकको सूचिमा पाँचौं सानो देश सान मारिनो पनि पर्दछ । यहाँका मानिसहरुका लागि नजिकको एयरपोर्ट भनेको इटलीको रिमिनी हो ।

लिचेस्टाइन : अष्ट्रिया र जर्मनीको बीचमा रहेको लिचेस्टाइन पनि एउटा निकै सानो तथा दोहोरो भूपरिवेष्ठित देश हो । यो देशभित्र कुनै पनि एयरपोर्ट छैन । सबैभन्दा नजिकको एयरपोर्टमा जानका लागि स्विजरल्याण्ड जानुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१