परियार मित्रता समाज कतारको चौथो अधिवेशन सम्पन्न

  • जेठ २, २०७९
  • १६३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा कतार, १ जेठ परियार मित्रता समाज कतारको चौथो अधिवेशन सम्पन्न भएको छ । समाजको अधिवेशनले सालिकराम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा खोम बहादुर नेपाली, महिला उपाध्यक्ष उषा परियार, सचिवमा सुनिल परियार, सह सचिवमा महेश घेले, कोषाध्यक्षमा चेतन परियार, सहकोषाध्यक्षमा इन्दु सिवा चयन भएका छन् । यस्तै, सदस्यमा दीपक परियार र सगुन परियार रहेका छन् । पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक बालकृष्ण भित्रिकोटीले पद तथा गोपनीयताको शपथ गराएका थिए । विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न अधिवेशनमा पञ्चे बाजा आकर्षणको केन्द्र बनेको थियो । समाजका अध्यक्ष प्रेम बहादुर नेपालीको अध्यक्षता तथा एनआरएनए आइसीसी उपाध्यक्ष नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अनिल परियारले सहजीकरण गरेको कार्यक्रममा समाजका उपाध्यक्ष सालिकराम परियारले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज २४ मंसिर। नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा स ...

श्रम संस्कृति पार्टी ...

रहमुल,लहान २४ मंसिर। श्रम संस्कृति पार्टीले सिरहाको कल्याणपुरमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरण ...

दलित विकास मञ्च, सिर ...

संजय महरा सिरहा मंसिर २४  । दलित विकास मञ्च, सिरहाले १६ दिने लैङ्गिक हिंसा दिवसकेा अवसरमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१