मानव सेवा नै साउदी अरबको पहिचान रहेको:- शैख अल अनजी

  • फाल्गुन १२, २०७८
  • ९०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु फागुन १२ प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मदरसा शिक्षालाई प्राथमिकताका साथ भाैतिक, शैक्षिक लगायत आवश्यक सहुलियतमा ध्यान पुर्याउन निर्देशनसमेत दिएको प्रदेश शिक्षा,विज्ञान,युवा तथा खेलकूद मंत्री वसिउद्दीन खांले बताएका छन। लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले मुलुककाे चाैतर्फी विकासका लागि समानता आवश्यक रहेकाे बताएका छन् । मन्त्री खाँले आर्थिक, शैक्षिक र राजनीतिक रुपमा समानता नभएसम्म परिवर्तन नहुने बताए । उनले समाज परिवर्तनका लागि शिक्षालाई मूलधारमा ल्याउनुपर्नेमा जिकिर गरे ।मंगलबार कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा रहेकाे जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा आयसा ग्रल्स कालेज झण्डानगर मदरसाकाे अनुगमनकाे क्रममा उनले यस्ताे बताएका हुन् । "हामीले यस विषयमा गम्भीरतापूर्वक साेचेर आवश्यक कदम चाल्न जरुरी रहेकाे अन्य समुदाय भन्दा मुस्लिम समुदाय शैक्षिक क्षेत्रमा पछाडी परेकाे बताउँदै मदरसालाई शिक्षाको मूलधारमा ल्याउनका लागि मदरसाका शिक्षक, नेतृत्वकर्ताले पहल गर्नपर्ने जरुरी रहेकाे मंत्री खां ले बताएका थिए।

यसैबीच राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनी अलकुफीले मदरसालाई शैक्षिक मूलधारमा ल्याउन संघबाट सरकारलाई ध्यानाकर्षण गराउँदै आएकाे बताए । सरकारले मुस्लिम समुदायकाे शिक्षालाई उपलब्धिमूलक बनाउन मदरसाका शिक्षकलाई पनि डिग्रिकाे मान्यता दिनुपर्नेमा जाेड दिँदै आएको उनले बताए । शिक्षा प्राविधिक र राेजगारमुलक शिक्षा हुनुपर्ने अलकुफीले बताउदै उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए। राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकूद मंत्री वसिउद्दीन खां, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादव, शिक्षा विभाग साउदी अरब बाट आएका शैख बदरबिन नासिर अल उन्जीको भव्य स्वागत गर्दै प्रदेश सरकारले अहिले मदरसा शिक्षाका लागि सराहनीय कार्यकाे कदम चालेको बताए । उनले प्रदेशले भाैतिक, शैक्षिक रुपमा मदरसालाई बजेट विनियोजन गरि अहम भुमिकाकाे सुरुवात गरेकाे भन्दै प्रशंसासमेत गरे l

जामिया सिराजुलउलुम अलसल्फीया झण्डानगर तथा आयशा गर्ल्स कालेजले गरेको कार्यक्रममा शैख बदरबिन नासिर अल अन्जी सहभागी हुन पाउदा निकै खुशी व्यक्त गर्दै कार्यक्रम आयोजकलाई हृदय देखि धन्यवाद दिदै लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र रहेको मदरसाहरुलाई हरेक क्षेत्रमा सहयोग गर्दै आएको कुरा सराहनीय र उल्लेखनीय रहेको छ। आगामी दिनमा पनि नेपालका मदरसाहरु लाई मुलधारमा ल्याई मदरसा शिक्षालाई थप बलियो बनाउने र विशेष गरि नेपालका मुस्लिम छात्राको शिक्षालाई बलियों बनाउनाको लागि कार्यक्रममा उपस्थित शिक्षा, विज्ञान युवा तथा खेलकूद मंत्री वसिउद्दीन खां संग विशेष आग्रह गर्दै विश्वभरीमा साउदी अरब मानवताको लागि आफ्नो कार्य गरि रहेको छ र साउदी अरब को पहिचान मानव सेवा नै रहेको साउदी अरबका अल अनजीले जिक्र गरेका थिए।

अनुगमन क्रममा शिक्षा विभाग साउदी अरब‌का, शैख बदरबिन नासिर अल अन्जी, जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका अध्यक्ष समिम अहमद नदवी, आयसा गर्ल्स कलेजका अध्यक्ष डा. मन्जुर अहमद,युवा व्यापारी मिर्जा राशिद बेग लगायतले मदरसा शिक्षालाई सरकारले प्राथमिकतामा राखी आवश्यक पहल गर्न अनुराेध गरेका थिए । कार्यक्रममा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा आयसा ग्रल्स कालेज झण्डानगरका अध्यक्षले मंत्री खां, साउदी अरब शिक्षा बिभागका अल उन्जी,तथा योजना आयोगका सदस्य शिवपुजन यादव लाई प्रशंसापत्र हस्तांतरण गर्दै सम्मानित गरेका थिए।

प्रतिक्रिया दिनुहोस

ट्राफिक प्रहरी कार्य ...

कपिलवस्तु, बैशाख २३ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्य ...

राष्ट्रिय महाधिवेशन ...

जनकपुरधाम, बैशाख २३ । जनता समाजवादी पार्टी नेपाल एकताको प्रथम राष्ट्रिय महाधिवेशन समितिको उदघाटन सत् ...

चमार कल्याण समाज नेप ...

लहान २३ वैशाख । नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटि र उपत्यका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१