Siraha Times
ताजा समाचार

पुनः श्रम स्वीकृति अब अनलाइनबाट मात्रै हुने

  • माघ ४, २०७८
  • १४४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वैदेशिक रोजगारीमा जान अघि आवश्यक पर्ने पुनः श्रम स्वीकृति अब अनलाइनबाट मात्रै हुने भएको छ ।

काठमाडौंको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले सूचना जारी गर्दै आइतबारदेखि श्रम स्वीकृति अनलाइनबाट मात्रै हुने जानकारी दिएको छ । सूचना प्रविधिको अधिकतम प्रयोग गरि श्रम स्वीकृतिलाई ‘फेसलेस’, ‘पेपरलेस’ र ‘क्यासलेस’ बनाइ छिटो, छरितो र  पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगार कार्यालयको शुभकामना ।

नयाँ कम्पनीमा जान वा यसअघि बायोमेट्रिक नभएका व्यक्तिले भने कार्यालयमा नै गएर श्रम स्वीकृति लिनु पर्नेछ ।

अनलाइन मार्फत श्रम स्वीकृति लिन चाहिने कागजात

१. राहदानीको पेज २ र ३१ को स्क्यान कपी
२. आईडीको स्क्यान कपी
३.अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर वा अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान कपी ।
४. यसअघि श्रम स्वीकृति पाएको भन्दा फरक रोजगारदाताकोमा काम गर्न जाने कामदारको लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौता पत्रको स्क्यान कपी ।
५. चालक भए लाइसेन्सको स्क्यान कपी ।

कतार नेपाल अनलाइन श्रम सेवा

बिना झन्झट शुलभ शुल्कमा नेपाल तथा कतारमै बसेर अनलाइन मार्फत पुनः श्रम स्वीकृति , म्यादी बिमा र राजश्व तिर्नको लागि भरपर्दो माध्यम ।

नोट : पहिलो १०० जना सेवाग्राहीलाई ५० % छुट ।

थप जानकारीको लागी सम्पर्क नम्बर : ९८१०३०२३१५ (नेपाल), ७०२८९६९३ (कतार)

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१