जापान र अमेरिकाबीच चीनलाई घेर्ने सहमति

  • पुस १६, २०७८
  • १२९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीरूको स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् बैठकपछि संयुक्त प्रेस सम्मेलन गरी उक्त कुराको जानकारी गराए । सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले दुबै पक्षले अमेरिका–जापान गठबन्धन, महामारी, नयाँ प्रविधि, जलवायु परिवर्तन र जनताबीच सहकार्यको लागि सहयोग पु¥याउन सहमति गरेको पुष्टि गरे । बाइडेनले चीन र उत्तर कोरियाको ‘चुनौतीहरू’ को सामना गर्न दुबै पक्षले मिलेर काम गर्ने पनि बताएका थिए । यसैबीच जापानी प्रधानमन्त्री सुगाले आफू र बाइडेनले ‘प्रशान्त महासागर क्षेत्र र विश्वको समृद्धिमा चीनको प्रभाव’ बारे छलफल गरेको र दुबै मुलुकले ‘चीनसँग खुलारूपमा कुराकानी गर्ने आवश्यकतामा सहमत भएको’ बताए ।” ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार दुबै सहयोगीहरूले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने बिषयमा पनि प्रतिबद्धता जनाएका छन् । यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लिचियानले विज्ञप्तिबारे चिनियाँ प्रतिक्रिया दिँदै जापान र संयुक्त राज्यले चीनको चिन्ता र मागलाई गम्भीरताका साथ लिनुपर्ने जिकिर गरे । उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनको हितलाई हानि पुर्याउने कदम नचाल्न चीनलाई लक्षित गरी समूह गठन नगर्न आग्रह गरे ।रासस

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारीमा ए ...

लहान, ४ साउन । नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीका नेता तथा कार्यकर्ताहरूले गाउँपालिकामा ...

युवा घनश्याम यादव : ...

ओम प्रकाश यादव लहान ५ साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उदाएका एक होनहार युवा, घनश्याम य ...

पालिकाको बेतिथी र भ् ...

रहमुल सिरहा ४ साउन । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका को बेतिथी र भ्रष्टाचार विरुद्ध नेकपा एमाले ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१