Siraha Times
ताजा समाचार

जापान र अमेरिकाबीच चीनलाई घेर्ने सहमति

  • पुस १६, २०७८
  • १५५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीरूको स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् बैठकपछि संयुक्त प्रेस सम्मेलन गरी उक्त कुराको जानकारी गराए । सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले दुबै पक्षले अमेरिका–जापान गठबन्धन, महामारी, नयाँ प्रविधि, जलवायु परिवर्तन र जनताबीच सहकार्यको लागि सहयोग पु¥याउन सहमति गरेको पुष्टि गरे । बाइडेनले चीन र उत्तर कोरियाको ‘चुनौतीहरू’ को सामना गर्न दुबै पक्षले मिलेर काम गर्ने पनि बताएका थिए । यसैबीच जापानी प्रधानमन्त्री सुगाले आफू र बाइडेनले ‘प्रशान्त महासागर क्षेत्र र विश्वको समृद्धिमा चीनको प्रभाव’ बारे छलफल गरेको र दुबै मुलुकले ‘चीनसँग खुलारूपमा कुराकानी गर्ने आवश्यकतामा सहमत भएको’ बताए ।” ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार दुबै सहयोगीहरूले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने बिषयमा पनि प्रतिबद्धता जनाएका छन् । यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लिचियानले विज्ञप्तिबारे चिनियाँ प्रतिक्रिया दिँदै जापान र संयुक्त राज्यले चीनको चिन्ता र मागलाई गम्भीरताका साथ लिनुपर्ने जिकिर गरे । उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनको हितलाई हानि पुर्याउने कदम नचाल्न चीनलाई लक्षित गरी समूह गठन नगर्न आग्रह गरे ।रासस

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१