Siraha Times
ताजा समाचार

नेपाली समाज कतारको दोस्रो अधिवेशन अध्यक्ष यादवको उपस्थितिमा शुक्रबार हुने

  • पुस १२, २०७८
  • १४५८ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा- संघीयता सुशासन ,समृद्धि र समाजवाद भन्ने मुल नारा सहित जसपा नेपालको प्रवास सङ्गठन नेपाली समाज कतारको दोस्रो अधिवेशन तथा अङ्ग्रेजी नयाँ वर्ष २०२२ को शुभकामना अदान प्रदान कार्यक्रम दोहा कतारको सफारी हाइपर सङ्गै रहेको कराची ग्रील हाउस रेस्टुरेन्टमा हुने भएको छ।

कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष एव पुर्व उप प्रधानमन्त्री मा. उपेन्द्र यादवको प्रमुख अतिथि रहेको दोस्रो अधिवेशनका कार्यक्रम संयोजक प्रकाश आले मगरले बताए।अध्यक्ष यादवले जुम मार्फत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।नेपाली समाज कतारले एक विज्ञयप्ती जारी गर्दै कतार बाहिरका जुम ( भर्चुअल ) माध्यमबाट तथा कतारमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी बुद्धिजीवी समाजसेवी पत्रकार विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रममा भौतिक रूपमा सहभागी हुन अपिल गरेको हो।

कार्यक्रम हुने मिति र समय

मिति- ३१ डिसेम्बर २०२१ शुक्रबार

समय- बिहान ११:३० बजे देखि

कार्यक्रममा सहभागीताको लागि तल उल्लेखित जुम मिटिङ्ग आईडी र पास्कोड प्रयोग गरि लिन्क लगिन गर्नु समेत गरेका छन।

जुम आइडी- २७३९९३५८५२

पास्कोड- २०२१

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१