Siraha Times
ताजा समाचार

गाउँगाउँमा सामा चकेवाको मनमोहक गीत गुजिँदै;बहिनीद्वारा भाईको जीवनरक्षाको कामना

  • मंसिर २, २०७८
  • ८३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।मंसिर-२ गते। तराई मधेसका गाउँगाउँमा सँझ परेसँगै सामा चकेवाका मनमोहक गीतसंगीहरु गुंजिरहेको देखिएको अवस्था छ। दिदिबहिनीहरुले दाजुभाइको जीवन रक्षाको कामना गर्दै सामा चकेवा मनाउने गर्दछन। मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इंगित गर्ने सामा चकेवा पर्व लोकनाट्यको रुप हो, सामा चकेवा । "माटीक सामा गरहली , बहिनो खेल चल् ली , हो भैया जिय हो जुगजुग जिय हो। गीत गाउँदै मध्यतराईका विभिन्न जिल्लामा सामा चकेवा पर्व मनाई रहेको देखिन्छ । यसको आफ्नै महत्त्व रहेको देखिन्छ । दिदीबहिनीले १० दिनसम्म भाइ–बहिनीबीचको प्रेमलाई गीत गाउँदै दर्शाउनेगर्छ। सामा चकेवा विशेषत: गाउँघरतिर छुट्टै रौनक देखिए पनि शहरबजारमा मौलाएको अवस्था देखिन्छ । यो सामा चकेवा छठको खरनाको दिन कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने सामाचकेवा रात्रिकालीन समयमा गाउँका छोरी र बुहारी एक ठाउँमा भेला भई माटोको विभिन्न प्रतिमासहित सामा चकेवाको गीत गाउँछन् ।

Open photo

१० दिनसम्म चल्ने यो पर्व ११औँ दिन पूर्णिमामा विसर्जन गरिन्छ । ११औँ दिन माटोको प्रतीकहरूलाई भाइको हातबाट फुटाई खेत वा वनमा विसर्जन गरिन्छ । भाइको उमेर लामो होस् र उसलाई कुनै रोगव्याधि नलागोस् कामनाका साथ सामा मनाइन्छ । बहिनीहरूले सामा, चकेवा, चुगला आदिको माटोको प्रतिमा बनाई बाँसको डालोमा राखी साँझको वेला गीत गाउने गरेको देखिन्छ ।

Open photo

आजको यस आधुनिक युगमा तीब्रतर विकासका बावजूद पौराणिक एवंम लोकोक्तिमा आधारित परम्परा आज पनि विभिन्न समुदाय र क्षेत्रमा कायम देखिन्छ । त्यसैले होला द्वापर युगदेखि चली आएको सामा–चकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्सोल्लास र लोकाचारका साथमा मनाउने गरिन्छ । नेपालमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व 'सामा-चकेवा' पर्व कात्तिक महिनाको शुक्ल पञ्चमी देखि पूर्णिमासम्म मनाइन्छ । यो पर्व पूर्वी नेपालका थारु जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्दछन।

यस्तो छ किंवदन्ती -

यस पर्वबारेको बारेमा विभिन्न धार्मिक ग्रन्थहरूमा चर्चा गरिएको छ । सामा चकेवा पर्वको सुरुवात द्वापर युगमा श्रीकृष्णको पालामा भएको विश्वास गरिन्छ । भगवान् श्रीकृष्णको छोरी साम्बा र छोरा साम्बबीचको प्रेमलाई आधार मानेर सामा चकेवा पर्व मनाइने गरेको उल्लेख छ । कृष्णकी छोरी साम्बालाई चुडक भन्ने व्यक्तिले मनपराएका थिए । तर, साम्बाको विवाह चारुवाकसँग भइसकेको थियो । आफूले मन पराएको व्यक्तिको अर्कैसँग विवाह भएकोमा प्रतिशोध लिन चुडकले कृष्णको सामु उसको छोरीको चरित्र ठीक नभएको भन्दै कुरा लगाए । कृष्णले पनि सत्यतथ्य नबुझी रिसको झोँकमा छोरीलाई पक्षी बन्ने श्राप दिए ।

Open photo

पछि ज्वाइँ चारुवाकले कृष्णलाई भेटेर आफ्नी पत्नी निर्दोेष र स्वच्छ छवीकी भएकी बताए । र उनीविना बाँच्न नसक्ने बताए । उनले आफूलाई पनि पक्षी नै बनाई दिन आग्रह गर्दा कृष्णले उनलाई पनि पक्षी नै बनाइदिएको किंवदन्ती छ । कुरा लगाउने चुडक (चुगला)लाई भने देशनिकाला गरेका थिए ।आफ्नी बहिनी साम्बा र ज्वाइँ चारुवाकको श्रापलाई निष्क्रिय गर्न साम्बले कार्तिक शुक्ल पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म ११ दिन गोपेश्वर महादेवको मन्दिरमा प्रत्येक साँझ नृत्य र पूजा गरी भगवान् भोलेनाथलाई खुसी पारेको र भगवान् खुसी भई साम्बा दम्पतीलाई पुनःमानव जीवन दान दिएको मान्यताका साथ यो पर्व मनाइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१