Siraha Times
ताजा समाचार

पर्वत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र `ख´ को क्षेत्रीय सभापतिमा युवा नेता परविन गुरूङको दाबी

  • मंसिर १, २०७८
  • ७७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अमृत भट्टराई , पर्वत | नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा स्थानिय तहदेखि केन्द्रसम्म नै यसको सरगर्मी बढेको छ । यति बेला पर्वत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र 'ख' मा पनि अधीवेशन को माहोल निकै तातेको छ । कांग्रेसको गढ मानिने जिल्लाको प्रदेश सभा क्षेत्र 'ख' मा यतिबेला अधिवेशनको मिति आउन अब केही दिनमात्र बाकी रहेको बेला नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमिति सदस्य समेत रहेका युवा नेता प्रवीण गुरुङले उमेद्वारी दिने घोषणा गरेका छन् र गुरुङ शशक्त रूपमा अगाडि देखिएको छ । को हुन गुरुङ । वि. स. २०४१ साल देखी नेपाल विधार्थी संघबाट राजनिति सुरु गरि २०४२ सालको सत्याग्रह र २०४६ सालको जन आन्दोलनमा सकृय भुमिका निर्वाह गरेका थिए ।

२०४८ सालमा नेपाली काँग्रेस लाई जिताउन प्रमुख तरुणको भुमिका निर्वाह उनले गरे , २०४८ साल बाट नेपाल तरुण दलमा रहि पार्टीले सन्चालन गरेको हरेक आन्दोलनमा र सामाजिक रुपान्तरणको पक्षमा पार्टीको निति निर्देशन पालना गरि निष्ठा र इमान्दारिका साथ सङ्ठन निर्माणको काममा सहभागी रहदै पार्टीले दिएको हरेक जिम्मेवारी पुरा गरेको पर्वत जिल्लाको उदयमान नेताको रुपमा सबैको आशा र भरोसाको केन्द्र विन्दुमा रहनु भएको देखिन्छ । पर्वत जिल्लाको दक्षिणी भेगका जनताको आवश्यकता लाई मध्यनजर राख्दै यातायातको सहज बनाउन मा गुरुङको ठुलो भुमिका रहेको पाइन्छ ।

गुरुङ वालिङ् हुवास यातायात व्यावसायिक समितिका संस्थापक अध्यक्ष हुन् । गुरूङ विभिन्न दर्जनौ संघ संस्थामा रहेर स्थानीय नागरिक तथा युवाहरुको समस्या समाधानका लागि सधैं सकृयताका साथ अगाडि बढ्दै आइरहेका छन् । गुरुङले पछिल्लो समय दुखि गरिबी पिछडिएका समुदायका मानिसलाई आर्थिक तथा खाद्यान्न सामाग्री समेत सहयोग गर्दै आएका छन् गुरुङ पछिल्लो समय नेपाली काँग्रेस पर्वतका जुझारु युवा नेताको ।नाममा चर्चित भएका छन् । गुरुङले भने आफू कुनै एउटा गुटको उमेदवार नभएर सच्चा नेपाली काँग्रेसको उमेदवार भएकोले अब काँग्रेस बलियो बनाउने समय जिम्मा युवाहरूमा आएकोले गर्दा पनि आफुले उमेदवारी दिएको र सबैले आफुलाई मतदान गरि विजयी गराउन मतदातालाई गुरुङले आग्रह गरेका छन् । प्रदेस सभा क्षेत्रीय सभापति पदका लागि पर्वत जिल्ला प्रदेश सभा( ख)को निर्वाचन मंसिर ३ गते पैँयू गाउँपालिका हुवासमा हुन गहिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१