दलितमाथी झुठा मुद्दाविरुद्ध लहानमा प्रदर्शन

  • कार्तिक ३०, २०७८
  • १४३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ३० कात्तिक । दलितलाई निर्घात कुटपिट गरि झुठा मुद्दा लगाएर हिरासतमा लिएको विरुद्धमा आज लहानमा प्रदर्शन गरेको छ । आफुलाई कथित उच्च जाती भन्दै दलितहरुलाई लहान ३ मा केही दिनदेखि विभिन्न यातना दिँदै आएको सार्वजनिक भएको छ । सोही घटनामा उल्टो पीडितलाई नै ईलाका प्रहरी कार्यालय लहानले हिरासतमा लिएको विरुद्धमा दलित संयुक्त संघर्ष समितिले आज टायर बाल्दै लहानमा कोणसभा गरेको छ । दलितसंग गैर दलित समुदायले विहे गर्नु हालसम्म पनि समाजलाई स्विकार्य छैन् र यो नौलो बिषय पनि होईन । यदि दलित समुदायले गैरदलित समुदायसंग विहे गर्यो भने त्यसको नराम्रो परिणाम परिवारले भोग्नु परिरहेको उदाहरणहरु धेरै छन् । यस्तै प्रकारको यातना खेपिरहेका छन् सिरहाको लहान नगरपालिका वडा नम्बर – ३ का एक दलित विपन्न परिवार । सिरहाको लहान नगरपालिका वडा नम्बर – ३ रघुनाथपुर बस्ने महेश साफी र पिंकि साफीको लामो समयदेखि प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्धका कारण हतार हतार केटा र केटी दुबैको संयुक्त सहमतिमा २०७८ कार्तिक ४ गते कठमाण्डौको पशुपतिनाथ मन्दिरमा भागी विहे भयो ।

आफुहरुको कानुन सम्बत बिहे गर्ने उमेर नपुगेको बुझ्दा बुझदै गहिरो प्रेम सम्बन्धका कारण उनीहरु बिहे गरे । भन्छन् प्रेम अन्धो हुन्छ । केटाको कतारको लागि भिसा आईसकेको थियो । केटा कतार जाने भएकोले दुवैको सहमतिमा उनीहरु हतार हतार काठमाडौमा बिहे गरे । बिहे गरेको केही दिनमै केटा कतार गए । केटा हालसम्म कतार मै छन् । केटाको विहे गर्ने उमेर पुरा भैसकेको छ , केटी नावालिक छिन् । केटिको उमेर करिव १८ बर्षको मात्र छ । यसैलाई मुख्य कारण बनाई केटीका वुवाआमा, समाज र परिवारका केही सदस्यलगायत समाज अहिले केटाको परिवारलाई मानसिक र समाजिक रुपले यातना दिईरहेको छ । गैरदलित कामैत थरको केटी संग विहे गरेको कारण अहिले समाजको मान्छेबाट केटाको परिवारले यातना सहनुपरेको केटाको आमा मन्तोरदेवी साफिले आज पत्रकार सम्मेलनमा उक्त कुरा बताइन् ।

मेरो ईज्जत् तिमिहरुले बर्वाद गर्यौ , अब तिम्रो सम्पुर्ण परिवारको ईज्जत् हामीले बर्बाद गर्छु भनेर पटक पटक केटीको परिवारबाट धम्की आईरहेको उनले सुनाईन् । राती रातिमा गुण्डाहरु आई ढोका खोल्न भनिरहेको छ , धाक धम्कि दिनुको साथै मेरो देवरको श्रीमति सिमा साफी र माईली बुहारी सबिता साफीलाई मारपिट गरेको उनले सुनाइन् । मारपिटका कारण माईली वुहारी सविता साफिको करिब ३ महिनाको बच्चा खेर गएको छ भने देवरको श्रीमती सिमा साफिलाई बलात्कार र ज्यान मार्ने प्रयास गरेको उनी सुनाइन् ।, केटी पक्षधरले उल्टै छोरीको अपहरण र बलात्कारको मुद्दा ईलाका प्रहरी कार्यालय लहानमा दर्ता गराएको छ ।

प्रहरीले अनुसन्धान नै नगरी विभिन्न नेताको दवावमा मुद्दा दर्ता गरिसकेको छ , प्रहरीले आफ्नो श्रीमान् ( केटाको वुवा ) शत्रुधन साफिलाई पक्राउ गरिसकेको छ , देवरको श्रीमती सिमा साफीलाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको थियो । केही घण्टा पछि प्रहरीले उनलाई छोडेको सुनाईन् । उता, ईलाका प्रहरी कार्यालय लहानले अदालतको आदेशमा मुद्दा दर्ता गर्नुपरेको हो । केटीलाई केटीको आमा वुवाले बिहे गर्ने तयारी गरेकोले हाल केटी फरार रहेको छ । छोरा हाल कतारमा छन् । छोरासंग बुहारीको कुराकानी हुन्छ् । बुहारीले छोरालाई फोन गर्दा तिमी बिना म बाच्न सक्दिन भन्ने गरेको कुरा छोराले फोन मार्फत मलाई सुनाउने गरेको केटाको आमाले बताईन् ।

मलाई अर्को बिहे गरिदियो भने म बाच्न सक्दिन भनेर बुहारीले छोरालाई भन्छन् । प्रहरी ,प्रशासन , समाज सबै उनैको पक्षमा छन् , बारम्बार केटी पक्षको समूह आएर ज्यान मार्ने धम्की दिने गरेको छ, बुहारीको उमेर नपुगेकोले हामी प्रहरीको समक्ष उनको छोरीलाई परिवारको जिम्मा दिएको थिए , अर्को बिहे गराईदिन्छु भन्दा उनी घर छोडेर भगेकोमा हाम्रो परिवारको के दोष ? आमा मन्तोरदेवि साफिको भनाई छ । झुठा मुद्दा लगाएर परिवारलाई फसाउन खोजेकोले न्यायका लागि प्रहरी प्रशासनसंग साफीको परिवारले पत्रकार सम्मेलन मार्फत गुहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१