Siraha Times
ताजा समाचार

उत्साहजनक सहभागीतामा सखुवानन्कारकट्टीको सम्पुर्ण वडामा नेकपा एकीकृत समाजवादी पर्टीको वडा कमिटी गठन

  • कार्तिक २९, २०७८
  • १३८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २९ , कार्तिक । सिरहा जिल्लाको सखुवनन्कारकट्टी गाउँपालिकाको सम्पुर्ण वडामा नेकपा एकीकृत समाजवादी पार्टीको वडा कमिटी गठन भएको छ । स्थानीयको व्यापक सहभागीतामा पालिकाको प्रत्येक वडामा २५ सदस्य वडा कमिटी गठन भएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताएका छन् । वडा नम्बर - १ मा रामविलास यादव , २ मा धनेश्वर यादव , ३ मा बेचन यादव , ४ मा बिनदेव यादव र ५ नम्बर वडामा मोहित नारायण चौधरीको अध्यक्षतामा २५ सदस्य नयाँ वडा कमिटी गठन भएको हो । सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर - १ प्रदेश सभा सदस्य `ख´ बाट प्रत्यक्ष निर्वाचित माननीय प्रदेश- सभा सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा गाउँपालिकामा समावेशी तवरले वडा कमिटी बिस्तार भएको जनाईएको छ । स्थानीयको उत्साहजनक र व्यापक सहभागीतामा नेकपा एकीकृत समाजवादीको गठनले दोस्रो स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा उक्त पार्टीको जित हुने प्रवल सम्भावना देखिएको बिश्लेशकहरु बताउँछन् । गाउँपालिकामा पार्टीले कुनै पनि कार्यक्रमको आयोजना गर्दा ठूलो शक्तिको रुपमा पार्टिको कार्यकर्ताहरुको उपस्थिति रहने गरेको कारण पुनः बिजय हुने सम्भावना देखिएको माननीय अशोक कुमार यादवले बताए ।

सिरहा जिल्लाको १७ स्थानीय तहको ९ वटा गाउँपालिका मध्ये सखुवानन्कारकट्टी गाउँपालिकामा बिकास निर्माणले गति पाएको छ । भौतिक पुर्वाधार लगायत लक्षितवर्गको उत्थानका लागि पालिकाले महत्त्वपूर्ण र सराहनीय काम गरेको कारण पार्टीको कुनै पनि कार्यक्रममा जनताको उत्साहजनक सहाभागिता रहेको दावी गरिएको छ । वडा कमिटीको पदाधिकारीको सपथ ग्रहण पश्चात् केही दिन भित्रै पार्टीको गाउँपालिका स्तरीय संगठन निर्माण हुने विद्यार्थी नेता सुमेश कुमार यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१